नेकपा (माओवादी)द्वारा कृष्ण बहादुर वली (राजेन्द्र)को स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

डेली न्युजराप्ती       २५ माघ २०८२ ११:१२ मा प्रकाशित     84 No Comments

फागुन २४,भोजपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) तुलसीपुर नगरसमितिको आयोजनामा पार्टी सदस्य कृष्ण बहादुर वली (राजेन्द्र)को स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
शनिबार मृतकको निवास तुलसीपुर-१४ भोजपुरमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।

कृष्ण बहादुर वली (राजेन्द्र) कम्युनिस्ट आन्दोलन , माओवादी आन्दोलनमा आफ्नो वर्गप्रति प्रतिबद्ध भएको नाम हो ।
उहाँले माओवादी आन्दोलनमा ठुलो त्याग , समर्पण र बलिदान गर्नुभएको थियो ।

कृष्ण बहादुर वली (राजेन्द्र)को माघ १८ गतेका दिन ६८ वर्षको उमेरमा असमायिक दुखद निधन भएको थियो ।

नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य तथा दाङ क्षेत्र नं.३ प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार बलबहादुर वली (शितल)को प्रमुख आतिथ्यता , पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार कान्छी चौधरी (जिवनी) , पार्टीका केन्द्रीय सदस्यहरु प्रदिप वली , तिलक योगी , विकाश वली , मृतकका दाई कम्युनिस्ट नेता नन्दलाल वली , नेकपा (माओवादी) दाङका सल्लाहकार कमिटीका सदस्य धनराज वली लगाएतको आतिथ्यतामा कार्यक्रम भएको थियो ।

श्रद्धाञ्जली सभामा श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि शितलले पार्टीले एउटा इमानदार कम्युनिस्ट कार्यकर्ता गुमाएको बताउनुभयो ।

उहाँले राजेन्द्रप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन , आफन्तजन एवम इष्टमित्रहरुमा गहिरो समवेदना व्यक्त गर्नुभएको थियो ।

नेता शितलले मृतक राजेन्द्रको सपना नेपाली जनताको समाजवादी सत्ता स्थापना भएकाले त्यसको लागि पार्टी निरन्तर प्रतिबद्ध रहेको समेत बताउनुभएको हो ।

उहाँले नेपालको रक्षा , संविधान संसोधन , संविधानको पुनर्लेखनगरि नयाँ आर्थिक प्रणालीको विकास गर्न र रोजगारीको सिर्जना गर्न पार्टी पहिलोपटक निर्वाचनमा गएको समेत स्पष्ट पार्नुभएको थियो ।

नेकपा (माओवादी) तुलसीपुर नगरसमितिका सचिव रुद्र वलीको सहजीकरण एवम अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार