नेकपा तुलसीपुर उपमहानगर कमिटीद्वारा मंसिर ४ को कथित संसदीय चुनाव खारेज गर्ने उद्घोष

डेली न्युजराप्ती       १५ कार्तिक २०७९ २०:०३ मा प्रकाशित     342 No Comments


कार्तिक १५ , तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगर कमिटीको दोस्रो बैठक सम्पन्न भएको छ।
मंगलबार तुलसीपुरमा सम्पन्न बैठकले आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन खारेज गर्ने निर्णय गरेको छ।

बैठकले नियमित रुपमा संसदीय चुनावको भण्डाफोर गर्ने,वालिङ,पर्चा वितरण,घरदैलो कार्यक्रम,चोक सभा,गाउँ सभा , पिढी सभा , मसाल जुलुस , जनतालाइ खारेजी अभियानमा गोलबन्द गर्दै कथित संसदीय चुनाव खारेज गर्ने निर्णय गरेको नेकपा तुलसीपुर उपमहानगर कमिटीले जनाएको छ ।

नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्य सम्पन्न बैठकमा पार्टीका तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज विकाश सी , राष्ट्रिय कर्मचारी संगठनका केन्द्रिय सदस्य नर बहादुर सी , गणतान्त्रिक खेलकुद महासंघक केन्द्रीय सदस्य रुद्र सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघक केन्द्रीय सदस्य संजय सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य जिवनी सी , सहिद वेपत्ता परिवार समाजका केन्द्रीय सदस्य धर्ती सी , पार्टीका जिल्ला सल्लाहकार वंशिधर सी , पार्टीका जिल्ला कमिटी सदस्यहरु शिव , भरत , सुदर्शन र खड्ग लगाएतको आतिथ्य रहेको थियो ।

बैठकमा नेकपाका पोलिट्ब्युरो सदस्य शितल सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय , पार्टीका तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज विकाश सी , राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य नर बहादुर सीले मन्तव्य व्यक्त गरेका थिए ।

नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज विकाश सीको अध्यक्षतामा बसेको बैठकको संचालन उपमहानगर कमिटीका सेक्रेटरी बिजय सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार