विप्लवको मजदुर संगठन शक्तिशाली बन्दै,विभिन्न पार्टीबाट ध्रुवीकृत हुनेको संख्या बढ्दो

डेली न्युजराप्ती       २८ जेष्ठ २०७९ २२:४८ मा प्रकाशित     280 No Comments


काठमाडौं: विभिन्न पार्टी निकट दर्जन बढी मजदुर नेता/कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा ध्रुवीकृत भएका छन् ।

आज रिपाेर्टस क्लब काठमाडौंमा पत्रकार सम्मेलन गरि विभिन्न पार्टी निकट मजदुर संगठन परित्याग गरि १५ जना मजदुर नेता/कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा ध्रुवीकृत भएका हुन् ।
नवप्रवेशीहरुलाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज चिरण पुन मिलन, केन्द्रीय सदस्य अनिल शर्मा विरही, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सचिव डिल्ली वली लगायतले टीका लगाएर प्रवेश गराएका थिए ।

क्रान्तिकारी ध्रुवीकरणबारे जारी गरिएको प्रेस विज्ञप्तिको पूर्ण पाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार