भारतस्थित नेपाली दूतावास अगाडि एमसिसीको विरोधमा प्रदर्शन!

डेली न्युजराप्ती       १२ भाद्र २०८० ०६:४५ मा प्रकाशित     271 No Comments

प्रवासी नेपाली जनसमाज भारतद्वारा नेपाली दूतावासमा एमसीसीको विरोधमा प्रदर्शन
प्रख्यात सी
प्रवासी नेपाली जनसमाज भारतले सोमबार भारतस्थित नेपाली दूतावास अगाडि प्रदर्शन सम्पन्न गरेको छ ।

विरोध कार्यक्रम प्रवासी नेपाली जनसमाज भारतका केन्द्रिय उपाध्यक्ष दामोदर सीको नेतृत्वमा भएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष दामोदर सीले नेपाली जनताले नचाहदा चाहदै विदेशीका दलालहरुले जबर्जस्ती एमसीसी कार्यन्वयन गर्न लागेको बताए । एमसीसीको बहानामा नेपाललाई सैन्य अखडा बनाउने अमेरिकाको सपना देशभक्त नेपाली जनताले पूरा हुन नदिने औल्याए ।

विरोध कार्यक्रममा रातो अक्षरमा go back america, no mcc, अमेरिकी साम्राज्यवाद मुर्दावाद लेखिएका प्लेकार्डसहित नाराजुलुस गरेका थिए। कार्यक्रममा केही छिन भारतीय पुलिस प्रशासनबाट अवरोध भएपनि विरोधका बाबजुद कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार