काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी र तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारबिच भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न कार्यदल गठन भएको छ ।
शुक्रबार बिहान नेकपाका महासचिव विप्लव र प्रचण्डबिच बसेको दुई पक्षीय बैठकले २०७७ साल फागुन २० गते नेकपा र ओली सरकारबिच भएको ३ बुँदे सहमति कार्यन्वयन गर्न कार्यदल गठन भएको हो ।
भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेकपाका महासचिव विप्लवबिच भएको दुईपक्षीय बैठकबाट ३ बुँदे सहमति कार्यन्वयन गर्नका लागि ६ सदस्यीय कार्यदल गठन भएको छ।
कार्यदलमा नेकपाको तर्फबाट प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा शिलु सी र एकराज भण्डारी रहने नेकपाले जनाएको छ।त्यस्तै सरकारका तर्फबाट वर्षमान पुनको नेतृत्वमा ३ सदस्यीय कार्यदल रहने छ, कार्यदलले ३ बुँदे सहमति कार्यन्वयनको बिषयमा सरकारलाई सुझाव तथा उपाय पठाउने भएको नेकपाका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख अनिल विरही सीले बताएका छन् ।
गत बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपासहित ४ दल सम्मिलित समाजवादी मोर्चाको बैठकमा नेकपा र सरकारकाबिच भएको तीन बुँदे सहमति कार्यान्वनको विषयमा सरकारको मौनताको विषयमा प्रश्न उठेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.