माध्यामिक बिधालय बालापुरद्वारा बिधालय सुधारका लागि सर्वपक्षीय छलफल

डेली न्युजराप्ती       ११ माघ २०८१ १६:१४ मा प्रकाशित     96 No Comments

हेमन्तप्रकाश वली ।
माघ ११,दाङ ।

तुलसीपुर-२ स्थित माध्यमिक बिधालय बालापुरले सर्वदलीय , सर्वपक्षीय सरोकारवाला र बिधालयबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार बिधालय व्यवस्थापन समितिका अध्यक्ष तिलक केसिको अध्यक्षतामा बिधालय सुधारका लागि सुझाव संकलन गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा सबै दलका प्रतिनिधि , स्थानीय समाजसेवी , वडाका प्रतिनिधि , बिधालय व्यवस्थापन समिती , अभिभावक एवम शिक्षक-शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बिधालय सुधारका लागि बिधालय व्यवस्थापन समिति , अभिभावक र शिक्षक-शिक्षिकाहरुको त्रीकोणात्मक सम्बन्धबाट हुने विचारहरु व्यक्त गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण बिधालयका शिक्षक निर्मल नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार