उदयपुरमा विप्लवका बिद्यार्थीद्वारा नेपाली भुभाग समेटिएको ‘अखण्ड भारत’को नक्सा जलाइयो!

डेली न्युजराप्ती       १७ जेष्ठ २०८० १०:३० मा प्रकाशित     437 No Comments

जेष्ठ १७ , दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल ( क्रान्तिकारी)का कार्यकर्ताहरुले ‘अखण्ड भारत’ को नक्सा जलाएका छन् ।
आज बुधबार उदयपुरको गाईघाटमा ‘अखण्ड भारत’ को नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटिएपछी बिरोध स्वरुप नक्सा जलाइएको संगठनले जनाएको छ ।

‘अखण्ड भारत’ को नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटिएको कुरा घोर आपत्तिजनक भएको बताउदै अखिल (क्रान्तिकारी) उदयपुरले ‘अखण्ड भारत’ को नक्सा उदयपुरको गाईघाटमा जलाएको हो ।

यता संगठन केन्द्रीय समितिले एक प्रेस बिज्ञप्ति जारी गर्दै भारतलाइ तत्काल नक्सा सच्याउन आग्रह गरेको छ भने जेठ २० गते भारतिय दुतावासमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
भारतले केही दिनअघि उद्घाटन गरेको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटिएपछि यतिबेला नेपाली राजनितिक वृतमा चर्को बिरोध आलोचना भइरहेको छ ।

अखिल(क्रान्तिकारी)केन्द्रीय समितिद्वारा जारी प्रेस बिज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार