सोलुखुम्बु : शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब इन्जिनियर पवनकुमार यादवलाई नेकपाले कालोमोसो र जुत्ताको माला लगाएर कारवाही गरेको छ । सब इन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा आर्थिक भ्रष्टाचार गरेको प्रमाणसहित सोमबार दिउँसो कार्यालयमा पुगेका नेकपा निकट अखिल (क्रान्तिकारी) कार्यकर्ताले यादवलाई कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् ।
दिउँसो १ बजे कार्यालयमा आएका १० जना युवाले नाराबाजीसहित आफूलाई कालोमोसो र जुत्ताको माला लगाइदिएको यादवले बताएका छन् । कारबाहीपछि विद्यार्थी संगठनले कार्यालयको मुख्य द्वारमा प्रेस विज्ञप्तिसमेत टाँसेको छ ।
संगठनका संयोजक एकराज राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षा समन्वय एकाइका सबइन्जिनियरहरु पवनकुमार यादव र नवीनकुमार सिंहले जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रका विद्यालय भवनहरु निर्माण गर्दा आर्थिक भ्रष्टचार गरेको उल्लेख छ ।
आफूहरुले उक्त रकम विद्यालयलाई फिर्ता गर्न पटकपटक आग्रह गरे पनि बेवास्ता गरेका कारण सांकेतिक रूपमा कारबाही गरेको विज्ञप्तिमा भनिएको छ । साथै उक्त रकम तत्काल फिर्ता नगरे भौतिक कारबाही गर्ने चेतावनीसमेत विज्ञप्तीमार्फत दिइएको छ ।
दुवै सबइन्जिनियरले महाकुलुङको कैलास प्राथमिक विद्यालय भवन निर्माण गर्दा १ लाख ९० हजार, पेल्माङ माध्यमिक विद्यालयमा ५० हजार, बाखोर र चेपेल निम्नमाध्यमिक विद्यालयमा ३५÷३५ हजार र खिरौले निम्नमाध्यमिक विद्यालयमा ७५ हजार रुपैयाँ भ्रष्टाचार गरेको संगठनले जनाएको छ।
प्रेस बिज्ञप्तिको पुर्णपाठ:-
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.