कास्की जिल्ला अदालतमा चोरी

डेली न्युजराप्ती       ९ चैत्र २०७८ १५:०० मा प्रकाशित     293 No Comments


दाङ। रातीको समयमा जिल्ला अदालत कास्कीमा चोरी भएको छ । अदालतको ताल्चा पनि फुटाइएको छ । ताल्चा फुटाएर कार्यालय भित्र रहेका कागजपत्र छरपस्ट पारेको छ । मंगलबार राति ३ वटा कोठाको ताल्चा, अदालतको च्याम्बर, इजलास र बेन्च पनि फुटाइएको हो ।मंगलबार दिउँसो राम्रैसँग बन्द गरेर गएको अफिस बुधबार बिहान तोडफोड भएको अवस्थामा देखेको जिल्ला अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए । अदालतको १ नम्बर च्याम्बर, ६ नम्बर इजलास र बेन्चमा चैत ८ गते राती फुटालिएको अवस्थामा देखिएको छ,’ उनले भने । तोडफोड गर्न गर्नका लागि प्रयोग गरिएको रड सोही स्थानमा छाडेर गएको उनले बताए ।अदालतका ३ वटा कोठाको ताल्चा फुटाएर त्यसभित्र भित्र रहेका दराज पनि फुटाएको उनको भनाइ छ । ‘३ वटा कोठामा चार वटा दराज थिए । दराजको चाबी भेटेकोहरू चाबीले खोलेका छन् भने नभेटेका दराजको चाबी फोरेको छ,’ उनले भने, ‘एउटा दराज फुटाल्ने प्रयास गर्दा नसकेर छोडेको देखिन्छ, घर्राहरूमा हात हालेर त्यहाँको सामान छरपस्ट बनाएको देखिएको छ ।’बिहान तोडफोड भएको थाहा भएपछि प्रहरीलाई खबर गरी अहिले अनुसन्धान जारी रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले अनुसन्धानको क्रममा रहेकाले चोरी हो या तोडफोड मात्र हो भन्न सक्ने अवस्था नरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार