असार १७,दाङ। विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)ले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झा लाई कालोमोसो दलेर जनकारबाही गरेको जनाएको छ।
क्रान्तिकारीले प्रबन्ध निर्देशक झा लाइ सरकारी बिधालयहरुमा पाठ्यपुस्तकको चरम किर्तिम अभाव र भ्रष्टाचारको आरोपमा कार्वाही गरेको जनाएको छ।
अखिल(क्रान्तिकारी) केन्द्रीय समितीले प्रबन्ध निर्देशक झा लाइ कार्वाही गर्नुको कारण सहितको पर्चा जारी गरेको छ।क्रान्तिकारीद्वारा जारी पर्चामा देशैभरी सरकारी बिधालयहरुमा पाठ्यपुस्तकको चरम कृतिम अभाव गराएको,राजधानीमै पाठ्यपुस्तकको चरम अभाव गराएको,जनक शिक्षा समाग्री केन्द्रमा लामो समयदेखी चरम भ्रष्टाचार गरेको,कागज खरिदमा चरम अनियमितता गरेको,निजि दलाल शैक्षिक संस्थासंग मिलेर जनक शिक्षा समाग्री डुबाउने खेलमा लागेको र जनताका छोराछोरीको भविस्य माथी चरम खेलवाड गरेको उल्लेख गरिएको छ।
अखिल(क्रान्तिकारी)द्वारा प्रबन्ध निर्देशक झा लाई कार्वाही किन?
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.