दाङ,९ असाेज ।दाङ जिल्ला प्रहरी प्रमुख एसपि रामबहादुर केसीको सरूवा भएकाे छ।
केसीकाे नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा सरूवा भएकाे हाे ।साे स्थानमा कार्यरत प्रहरी उपरीक्षक राजेन्द्र बाबू रेग्मीकाे अनिवार्य अवकासपछि केसीलाई साे स्थानमा सरूवा गरीएकाे छ।
केसीसिहत नेपाल प्रहरी प्रधान कार्यालयले एकैपटक ४१ जना प्रहरी उपरीक्षक(एसएसपी) र १४३ जना प्रहरी नायव उपरिक्षक(डिएसपी)हरूकाे विभिन्न स्थानमा सरूवा गरेकाे छ।
प्रहरी उपरीक्षक केसीकाे सरूवा संगै डिएसपि जनकबहादुर मल्लले अनिवार्य अवकास पाउनुभएकाे छ।
यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठाकुरप्रसाद पोख्रेलको पनि सरुवा भएको छ। पाेखरेलकाे काठमान्डाै उपत्यका शसस्त्र प्रहरी गण नं २ महाराजगन्जमा सरूवा भएकाे हाे ।
यसैविच दाङ जिल्लाकाे नयाँ एसपिका रूपमा अर्जुन प्रसाद तिमिल्सिना आउने भएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालबाट सरूवा भई आउन लागेका तिमिल्सिनाले अब दाङ जिल्लाकाे सुरक्षा सम्हाल्नेछन ।
एस्तै जिल्लाकाे डिएसपीमा प्युठानबाट ईश्वर थापाकाे सरूवा भएकाे छ। यता इलाका प्रहरी कार्यालय तुलसीपुरकाे डिएसपिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तर्राष्ट्रिय उडानतर्फ कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल ठकुरीकाे सरूवा भएकाे छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.