दाङ । दाङको तुलसीपुर–५ नयाँ बसपार्कमा रहेको सुपर लघुवित्तका सञ्चालक ज्योति प्रसाद चौधरी कारागार चलान भएका छन् । साढे ३२ करोड रुपैंया भन्दा बढी रकम अपचलन गरेको अभियोगमा चौधरीलाई कारागार चलान गरिएको हो ।
२०८१ वैशाख ४ गते पक्राउ पूर्जी जारी भएपछि फरार रहेका चौधरी आइतबार उच्च अदालत तुलसीपुरमा आत्मसमर्पण गरेका थिए । चौधरीसहित उनका छोरा किरण चौधरी, भाइहरू रामबहादुर चौधरी, बुद्धि चौधरी तथा भाइकी छोरी तारा चौधरीमाथि ३२ करोड ५७ लाख रूपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।
प्रहरीका अनुसार उनीहरूले नक्कली ऋणी खडा गरी २५ करोड २६ लाख रुपैयाँ हिनामिना गरेका थिए । सर्वसाधारणले जम्मा गरेको साढे ६ करोड रूपैयाँभन्दा बढी रकम समेत हिनामिना गरिएको बारेमा पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सोमवार न्यायाधीश अर्जुनप्रसाद कोइराला र नरबहादुर खड्काको संयुक्त इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.