न्यूजराप्ती श्रावण-२७,बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कालिका क्याम्पस इकाई समितिले क्याम्पसमा नयाँ भर्ना हुन आउने विद्यार्थीहरुलाई भर्ना प्रक्रिया एवं अन्य विविध विषयमा आएका समस्यालाई समाधान गर्ने उद्धेश्यले सहजीकरणको लागि हेल्पिङ डेस्क स्थापना गरेको छ ।मङ्गलबार करिब एक सय भन्दा बढी विद्यार्थीहरुलाई भर्ना प्रक्रियामा सहजीकरण गरिदिएको संगठनका रुपन्देही जिल्ला सह–सचिव तथा क्याम्पस इन्चार्ज पवन ज्ञवालीले जानकारी दिए । क्याम्पसमा हुने शैक्षिक समस्याको विषयमा सदैव संघर्ष गर्ने पनि ज्ञवालीले बताए ।उक्त सहजीकरण कार्यक्रममा सङ्गठनकी रुपन्देही जिल्ला अध्यक्ष इन्दु वली, उपाध्यक्ष पारस राहादी मगर, जिल्ला सदस्य माधव क्षेत्री लगायत उक्त क्याम्पसका इकाई समितिको उल्लेखनीय भूमिका रहेको बताइएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.