पत्रकार वलीको सक्रियतामा ४० जना विपन्न नागरिकलाई न्यानो कपडा वितरण

डेली न्युजराप्ती       १६ पुष २०८२ १७:०६ मा प्रकाशित     393 No Comments

दाङ, १५ पुस । पुसको कठ्यांग्रिदो चिसोले जनजीवन कष्टकर बनाइरहेका बेला तुलसीपुरका विपन्न नागरिकले न्यानो कपडा पाएका छन्‌। सामाजिक कार्यमा सदैव सक्रिय रहने पत्रकार तथा समाजसेवी दिपक वलीको सक्रियतामा मंगलबार ४० जना विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।

आफ्नो फेसबुक पेजमा ५० हजार फलोअर्स पुगेको अवसरमा फेसबुकबाट प्राप्त भएको रकम र विष्णु वली पुन तथा राजकुमार वलीले आफ्नो जन्मदिनको अवसरमा उपलब्ध गराएको रकमबाट चिसोको मारमा परेकाहरूलाई राहत प्रदान गरिएको हो ।

लुम्बिनी प्रदेशका सांसद एवं पूर्व अर्थमन्त्री धनबहादुर मास्कीको विशेष उपस्थितिमा आयोजित एक कार्यक्रमका बीच ती सामग्रीहरू वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मास्कीले आफ्नो र परिवारको घेराभन्दा माथि उठेर समाजका लागि सोच्ने व्यक्ति नै वास्तविक अर्थमा महान् हुने बताउँदै वलीको मानवीय कार्यको उच्च प्रशंसा गर्नुभयो ।

सामाजिक सञ्जाललाई आर्थिक आर्जनसँगै सामाजिक सेवामा जोडेर वलीले समाजमा एउटा सकारात्मक र अनुकरणीय उदाहरण प्रस्तुत गरेको उहाँको भनाइ छ ।

उज्यालो नेटवर्क एण्ड मल्टीमिडिया प्रालिका सञ्चालक समेत रहनुभएका वली लामो समयदेखि दीनदुःखीको सेवामा समर्पित हुनुहुन्छ । उहाँले यसअघि पनि मृगौला पीडितलाई आर्थिक सहयोग गर्नेदेखि विपन्नका लागि घर निर्माण गरिदिनेसम्मका परोपकारी कार्यहरू गरिसक्नुभएको छ ।

कपडा वितरण कार्यक्रममा कलाकारिता मञ्च दाङका उपाध्यक्ष दोर्ण आचार्य र गर्जन मिडिया प्रालिका सञ्चालक तिलक वलीले समाजप्रतिको उत्तरदायित्व पूरा गरेको भन्दै वली परिवार र जन्मदिन मनाउने सहयोगी हातहरूप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण भीम वली (एसबि)ले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार