विप्लवका कारणले प्रचण्ड सुरक्षीत छन्:प्रमुख भेषराज

डेली न्युजराप्ती       १४ भाद्र २०८१ १६:५१ मा प्रकाशित     268 No Comments

भदौ १३,दाङ ।
नेपाल कम्युनिस्ट पार्टीका पिबिएम एवम स्कुलिङ विभाग प्रमुख भेषराज सीले प्रचण्ड विप्लवका कारणले सुरक्षीत रहेको ठोकुवा गरेका छन् ।
बिहिवार दाङमा पार्टीको राप्ती क्षेत्रको स्कुलिङ कार्यक्रमको समापन सत्रमा बोल्दै नेकपाका महासचिव विप्लव सीका कारणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड सुरक्षीत रहेको बताएका हुन् ।

माध्यामिक तहको स्कुलिङ कार्यक्रमको समापन सत्रमा बोल्दै प्रशिक्षक भेषराज सीले भने – ‘ आजभोलि प्रचण्डलाई आक्रमण गर्दा विप्लव बोलिदिनु परेको छ । संसदमा माओवादीलाई हिंसावादी भनिरहँदा प्रचण्डका कार्यकर्ताहरु चुपचाप छन् । प्रचण्डलाई मुद्दा लाग्दा हामिले खबरदारी गरिरहेका छौँ तर उनकै कार्यकर्ता बोल्न सक्दैनन् । यो जे भइरहेको छ क्रान्ती पूरा नहुनुको परिणाम हो , क्रान्ती प्रतिक्रान्तीमा बदलिनुको मुख्य कारण हो । आज प्रचण्डहरु सुरक्षीत छन् भने हाम्रो कारणले छन् । हामिले प्रचण्डका विरुद्ध नबोल भनेर खबरदारी गरिरहेका छौँ तर उनका मान्छेहरु चुपचाप छन्।’

खरानीमा फालेको झण्डालाई विप्लवले उठाएका छन् , त्यो गर्वको बिषय हो , उनले भने , ‘ विप्लवले रक्षात्मक अवस्थामा पुगेको विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ एकीकृत जनक्रान्तिको स्कुलले प्रज्वलित गरिरहेका छन् । नेपालमा खरानीमा फ्याकिएको रातो झण्डालाई विप्लवले सचेतताका साथ उठाएका छन् , यो बिषय गौरवको बिषय हो ।’

एकीकृत जनक्रान्तिको स्कुल विश्व कम्युनिस्ट आन्दोलनको नयाँ स्कुल हो ।’, समापन सत्रमा बोल्दै उनले भने , ‘ वैचारिक श्रेष्ठता बिना क्रान्ती सम्पन्न गर्न सकिदैन त्यसैले यो स्कुलको महत्व दुरगामी एवम महत्वपूर्ण छ । विचारमा परिपक्वता भएन भने क्रान्ती जटिल बनिदिन्छ । विचारमा एकरुपता भएन भने योजनामा एकरुपता हुँदैन , योजनामा एकरुपता भएन भने कार्यक्रममा एकरुपता हुँदैन । त्यसैले कम्युनिस्ट पार्टीमा स्कुलिङ महत्वपूर्ण पाटो हो , यसलाई गम्भीर बोध गर्नुपर्दछ ।’

नेता भेषराज सीले पार्टीले चलाएको कम्युनिस्ट स्कुलिङले संगठनमा गति पैदा भएपछि मात्रै सफल भएको मानिने बताए ।

एक अर्को प्रसंगमा बोल्दै नेता भेषराज सीले नेपालका सबै सच्चा इमानदार , क्रान्तिकारी , कम्युनिस्ट एवम माओवादीहरु एकताबद्ध हुन आवश्यकता रहेको बताए ।

अहिले माओवादी एकताको चर्चा अलि बढि चलेको छ त्यो सत्य कुरा नै हो ’, उनले थप भने , ‘ हाम्रो पार्टीको निर्णय माओवादीहरुका बिचमा एकता गर्ने नै भएको छ। तर एकता नयाँ प्रस्तावमा गर्ने कुरा हो । नयाँ विचार , नयाँ राजनीति , नयाँ कार्यक्रम र नयाँ नेतृत्वमा एकता गर्ने हो । माओवादीलाई हिंसावादी भन्ने बुर्जुवा सुंगुरको खोरमा जानलाई एकता गर्ने होइन । समाजवादमा जान तयार हुने सबै शक्तिसंग नेकपाले सहकार्य गर्ने नीति बनाएको छ । संसदीय माओवादीहरु समाजवादमा रुपान्तरित हुन तयार हुन्छन् भने एकता सामान्य बिषय हो । हामिले नेपालका सच्चा , इमानदार , देशभक्त , प्रगतिशील , बामपंथी , बुद्धिजीवी , सच्चा लोकतान्त्रिक गणतन्त्रवादीहरु संग समेत सहकार्य गर्ने सोचेका छौँ ।’

नेता भेषराजले सांसद योगेश भट्टराईलाई नेपाली जनताको महान जनयुद्धलाई अपमानित नगर्न सुझाब समेत दिएका थिए ।

नेकपा राप्ती क्षेत्रको माध्यामिक तहको स्कुलिङ भदौ ५ गतेदेखी १३ गतेसम्म सञ्चालन भएको हो ।

बिहीवार पार्टीका पिबिएम आदर्श सीको अध्यक्षता एवम पार्टीका पिबिएम एवम स्कुलिङ बिभाग प्रमुख भेषराज सीको प्रमुख आतिथ्यतामा स्कुलिङ सम्पन्न भएको छ ।

पार्टीका पिबिएम असल सी , पार्टीका केन्द्रीय सदस्य द्वय प्रयास सी , तिर्थ सी लगाएतको आतिथ्यता रहेको थियो भने पार्टीका राप्ती क्षेत्र अन्तर्गतका केन्द्रीय सदस्यहरुको समेत आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रममा प्रशिक्षकहरुलाई बधाई मन्तव्य पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सीले व्यक्त गरेका थिए ।

सोही अवसरमा स्कुलिङका प्रशिक्षकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

पार्टीको ५ दिने स्कुलिङमा दर्शनशास्त्र , भौतिक विज्ञान , समाज विज्ञान , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका बिषयमा करिब ५० जना जिल्ला स्तरका माथिल्लो तहका नेताकार्यकर्तालाई प्रशिक्षित गरिएको थियो ।

माध्यामिक तह स्कुलिङ कार्यक्रमको समापन सत्रको सञ्चालन पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार