विप्लवलाई संसदवादीको आरोप लगाएका ‘कसु’ समुहले चुनावी मोर्चा बनाएका किरणसंग एकता गर्ने

डेली न्युजराप्ती       २० श्रावण २०७९ १३:३२ मा प्रकाशित     936 No Comments

पद बार्गेनिङ्गको विवादले वैद्य र कञ्चनको एकता भाँडिदै २० साउन,काठमाडौ। वैद्यले नेतृत्व गरेको नेकपा(क्रान्तिकारी माओवादी)र कञ्चन समुहबिच पार्टी एकता हुने भएको छ। बिगतको दलाल सत्ताको स्थानीय निर्वाचनलाई एमसिसी बिरोधि,राष्ट्रघात बिरोधी,देशभक्त,बामपंथी,क्रान्तिकारीहरुलाइ सहभागी बनाउने र सहयोग गर्ने नीति लिदै निर्वाचनलाई संघर्षको भिन्न मोर्चाको रुपमा प्रयोग गरेपछी विप्लवलाई संसदवादीको आरोप लगाउदै पार्टीबाट अलग भइ बहुमत समूह गठन गरेका धर्मेन्द्र-सुदर्शनको समुह र वैद्यले नेतृत्व गरेको नेकपा(क्रान्तिकारी माओवादी) पार्टी एकता हुन लागेको हो।

धर्मेन्द्र-सुदर्शन समुहले विप्लवले स्थानीय चुनावलाई संघर्षको भिन्न मोर्चा बनाएर प्रयोग गरेपछी विप्लवलाई संसदवादीको आरोप लगाएर अलग भएपनी अहिले वैद्यले नेतृत्व गरेको नेकपा(क्रान्तिकारी माओवादी) जसले २०७४ सालमा देशभक्त जनगणतान्त्रिक मोर्चा बनाएरै दलाल सत्ताको सबै तहका निर्वाचन प्रयोग गरेको पार्टीसंग एकता गर्न लागेको हो। तर पार्टी एकता हुने भनिएको पार्टी एकता पद बाँडफाँड र नेतृत्वको विषयमा चर्को विवाद हुदा भाँडिने अवस्थामा पुगेको छ ।

वैद्यपक्षले अव हुने पार्टीको एकतामा मुख्य नेतृत्व मोहन वैद्य हुने वताएको छ । यो विषयमा खास्सै विवाद छैन । तर महाधिवेशन पछि वैद्य संरक्षक हुने र सीपी गजुरेल पार्टी अध्यक्ष हुने कुरा वैद्य पक्षको प्रस्ताव आएपछि एकताको विषयमा भाड्भैलो देखिएको छ ।

कञ्चन समुहले वैद्य पछि सीपी नभएर आफ्नो तर्फवाट पार्टीको मुख्य नेतृत्व हुनु पर्ने दावी गरेको छ । अर्को कुरा एकताका लागि अवको केन्द्रीय समिति कसरी वनाउने ? भन्ने विषयमा पनि विवाद देखिएको छ ।

वैद्यपक्षले विप्लव वाट आएका मात्र जति केन्द्रीय सदस्य छन त्यतिलाई केन्द्रीय समितिमा लिन सकिने प्रस्ताव गरेको छ । तर कञ्चन समुहले भने त्यसो नहुने र पछि विस्तार गरिएका सवैलाई केन्द्रीय समितिमा लैजानुपर्ने हठ राखेको छ ।

यो कुरा वैद्यपक्षले अस्वीकार गरेको छ । पदका कारण एकताको हस्ताक्षर गरेको विज्ञप्तिको मसि सुक्न नपाउदै एकता भाँडिने अवस्थामा पुगेको छ ।

वैद्यपक्षले कञ्चन समुहको प्रस्ताव र हठका कारण एकतामा वाधा हुने देखिएको वताएको छ । विप्लव वाट फुटेर जाँदा ११ जना मात्र केन्द्रीय सदस्यहरु लिएर कञ्चन समुह गएको थियो । तर कञ्चन समुह विप्लवले चुनाव प्रयोग गरेको विषयमा असहमति राख्दै फुटेको थियो ।

स्मरणरहोसः २०७४को चुनावमा भने वैद्यको पार्टीले भाग लिएको थियो । वैद्यले भाग लिदा क्रान्तिकारी हुने र विप्लवले चुनावमा भाग लिदा संसदवादी देख्ने कञ्चन समुह स्वयम आफै विचलित समुह भएको राजनैतिक वृतमा चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार