गलत कार्यदिशा र नेतृत्वका कारण एमाले दक्षिणपन्थी खाडलमा उधो मुन्टो लगाएर जान खोजेको छ:पुर्वप्रधानमन्त्री खनाल

डेली न्युजराप्ती       २२ चैत्र २०७८ ०७:०० मा प्रकाशित     263 No Comments


दाङ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का बरिष्ठ नेता झलनाथ खनालले संसद विघटन गरेर संविधानको उलंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सजाय दिनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) जिल्ला कार्यसमिति दाङले सोमवार घोराहीमा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले संविधानको प्रावधानविरुद्ध गएर संसद् विघटन गर्ने पटक पटक संविधानको अपमान गर्ने अपराधीलाई निर्वाचनका माध्यमबाट जनताले दण्डीत गर्नुपर्ने बताएका हुन ।

ऐन उलंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रूपमा जीवन बिताउनुपर्ने तर संविधान उलंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै बरिष्ठ नेता खनालले नेपाली जनताले उनलाई निर्वाचनको माध्यमबाट सजाय दिनुपर्ने बताए । उनले सहि कार्यदिशा र बैचारिक बहस हुने पार्टी सानो भएपनि विस्तारै ठुलो हुँदै जाने र स्पष्ट कार्यदिशा र बैचारिक बहस नहुने पार्टी क्रमिक रुपमा ओरालो लाग्ने भएकाले अहिले नेकपा एमाले त्यही बाटोमा लागेको ओरोप लगाए । ‘गलत कार्यदिशा र नेतृत्वका कारण एमाले दक्षिणपन्थी खाडलमा उधो मुन्टो लगाएर जान खोजेको छ’,नेता खनालले भने,‘त्यसमा फस्यो भने फेरी उम्किने छैन ।’

कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज भागवत विश्वासी र एकीकृत समाजबादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले संसदीय प्रणालीका दुष्मण केपी शर्मा ओलीलाई स्थानीय तहको निर्वाचनका माध्यमबाट परास्त गर्नुपर्ने अबस्था आएको बताए । त्यसका लागि पाँच दलिय गठबन्धन निर्माण भएको भन्दै उनले गठबन्धनलाई तीनै तहको निर्वाचनसम्म कायम राख्नुपर्नेमा जोड दिए ।

एकीकृत समाजवादी दाङका अध्यक्ष सुरामणि बेलवासेको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जोगबहादुर रानालागयतले सम्बोधन गर्दै बैकल्पिक शक्तिका रूपमा उदाएको एकीकृत समाजबादीका जिल्ला उपाध्यक्ष चुर्णबहादुर वलीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव मीना गुरुङले गरेकी थिइन । कार्यक्रममा विभिन्न पार्टी परित्याग एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई केन्द्रीय सचिव एव प्रदेश इन्चार्ज भागवत विश्वासी, केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष मेटमणी चौधरीलगायतले स्वागत गरेको एकीकृत समाजवादी दाङका प्रचार विभाग प्रमुख दिपक कुमालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार