काठमाण्डौ/ सर्वोच्च अदालत वार एशोसियसन कार्यसमिति निर्वाचन २०७९का लागि वरिष्ठ अधिवक्ता तुलसी भट्ट नेतृत्वको प्यानलको तर्फबाट कोषाध्यक्षका पदका उम्मेदवार रहेका अधिवक्ता कपिलचन्द्र पोख्रेलले समावेशी , स्वतन्त्र र जवाफदेही न्यायपालिका आफ्नो मुख्य एजेन्डा भएको बताएका छन। सर्वोच्च अदालत वार एशोसियसन कार्यसमितिका लागि हुन गैरहेको निर्वाचनमा भट्ट नेतृत्वको प्यानलको एजेन्डा के हो भनि सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा जवाफ दिदै अधिवक्ता पोख्रेलले यस्तो वताएका हुन।
” न्यायपालिकालाई स्वतन्त्र , समावेशी र जवाफदेही बनाउनु अहिलेको आबश्यकता हो।हाम्रो प्यानलले प्रचिलत संविधान र कानुनका आधारमा न्यापालिकालाई जवाफदेही , स्वच्छ र थप विश्वसनिय बनाउन भुमिका खेल्नेछ “उनले भने “सर्वसाधारण नागरिकको न्यायीक प्रक्रियामा पहुचको उत्तिकै खाचो छ,न्यायपालिकाप्रति नागरिकको भरोसा र भ्रस्टाचार मुक्त न्यायीक क्षेत्र मुलुकको अर्को आबश्यकता हो।यो उदेश्य हासिल गर्न मैले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएको हु।”
प्रगतिशील , पेशागत , तथा गणतान्त्रिक , लोकतान्त्रिक , समाजवादी र समावेशी कानुन व्यवसायी समुहको तर्फबाट कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका पोख्रेल नेपालको कानुनी र राजनीतिक परिवर्तनको आन्दोलनमा लामो समयदेखि योगदान गर्दै आएका एकजना स्वच्छ , इमानदार र निस्ठावान छवि भएका वकिल हुन।
यहि पौष २३ गते हुने सर्वोच्च अदालत वार एशोसियसन कार्यसमिति निर्वाचनमा देशभरबाट ६ सय ५१ जना मतदाताहरुले मतदान गर्नेछन भने अध्यक्ष , उपाध्यक्ष ,सचिव, कोषाध्यक्ष सहित १५ सदस्यीय कार्यसमितिका लागि निर्वाचित हुने प्रावधान रहेको कुरा श्रोतले जानकारी दिएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.