न्युजराप्ती अनलाइन,चैत्र १६। नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७८ चैत १६ गते आफ्नो स्थापनाको ६७औं वर्षमा प्रवेश गरेको छ ।
महासंघको स्थापना दिवसको अवसरमा महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलले देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासंघका सदस्यसहित आम नेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन। साथै संस्थाको स्थापनाकालदेखि आजसम्म आइपुग्दा बिभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरु प्रति उच्च सम्मान,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाईका क्रममा तथा आफ्नो कर्तव्य निर्वाहका क्रममा साहदत प्राप्त गर्ने सहिद पत्रकारहरु प्रति श्रद्धाञ्जली तथा कोरोना माहामारीबाट ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ।
शुभकामना मन्तव्यमा भनिएको छ– ‘महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आमसञ्चार प्राधिकरण जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनर्संरचना, समानुपातिक विज्ञापनको कार्यान्वयन, श्रमजीवी पत्रकार कल्याण कोषमा विज्ञापनको १० प्रतिशत रकम राख्नुपर्ने कानूनी व्यवस्थाको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, निशुल्क उपचारको प्रबन्ध, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरूमा म पुनः ध्यानाकर्षण गराउँदछु।’
अध्यक्ष बिपुल पोख्रेलद्वारा जारी शुभकामना मन्तव्यको पुर्णापठ:
नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७८ चैत १६ गते आफ्नो स्थापनाको ६७औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासंघका सदस्यसहित आम नेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । साथै यो संस्थाको स्थापनाकाल देखि आजसम्म आइपुग्दा बिभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरु प्रति उच्च सम्मान प्रकट गर्दछु । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाईका क्रममा तथा आफ्नो कर्तव्य निर्वाहका क्रममा साहदत प्राप्त सहिद पत्रकारहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दछु । कोरोना माहामारीबाट ज्यान गुमाएकाहरु प्रति पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको छ । यसमा हाम्रा अग्रजहरूको योगदान र महासंघको गौरवपूर्ण इतिहासप्रति महासंघ केन्द्रीय समिति गर्व गर्दछ । आगामी दिनमा पनि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहनुपर्ने आवश्यकताप्रति म यस अवसरमा सम्वन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।
नेपाल पत्रकार महासंघ नेपालकै पहिलो लोकतान्त्रिक चरित्रको नागरिक संस्था हो । यो संस्थाले आफूलाई समावेशी र सबैभन्दा पहिले संघीय ढाँचामा जाने संस्थाका रुपमा प्रस्तुत गरेको छ । यो हाम्रो गौरवको विषय हो ।
अप्रत्यासित रुपमा आएको कोरोना महामारीवाट नेपाली पत्रकारितामाथी चुनौति थपिएको छ । पत्रकारितामाथीको यो चुनौतिलाई आबश्यक रणनीति निर्माण गरेर सम्बोधन गरेर श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै संचार संस्थाहरुको सवलिकरणको दिशामा काम गर्ने प्रमुख दायित्वका साथ यतिबेला हामी अगाडि बढ्न जरुरी देखिएको छ । यसका लागि राज्यको अभिभावकीय भूमिका आबश्यक पर्दछ । यस्तो भूमिका निर्वाह गर्दै गर्दा राज्य हस्तक्षेपकारी हुन्छ कि ? भन्ने कुरामा गंभिर हुन पर्ने पनि छ । यस्तो आशंका गर्न हामी बाध्य छौ । सञ्चार क्षेत्रसंग सम्बन्धित कानुनहरु निर्माणका क्रममा राज्यले देखाएको अनुदार चरित्रले हामिलाई सशंकित बनाएको हो । तिन तहमा बन्दै गएका कानुनहरुका कतिपय व्यबस्थाहरुमा हामिले असहमति जनाउँदा त्यसलाई सच्चाउने तर्फ भन्दा तिनलाई उपेक्षा गर्ने चरित्र राज्यले देखाएको छ । नेपाली प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउने सन्दर्भमा पत्रकार महासंघ गम्भिर छ र त्यसका लागि आबश्यक कानुन बनाउने सन्दर्भमा हामी सकारात्मक पनि छौ । तर नियन्त्रणकारी मनशासयका साथ कानुन बनाउने खोजिएमा महासंघले शसक्त प्रतिवाद गर्ने छ , गर्दै पनि आइरहेको छ । यस अवसरमा म पुनः महासंघसहित सरोकार पक्षसँग पर्याप्त छलफल र सहमतिमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी सञ्चारसम्बन्धी कानून निर्माण गर्न आग्रह गर्दछु ।
महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आमसञ्चार प्राधिकरण जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनर्संरचना, समानुपातिक विज्ञापनको कार्यान्वयन, श्रमजीवी पत्रकार कल्याण कोषमा विज्ञापनको १० प्रतिशत रकम राख्नुपर्ने कानूनी व्यवस्थाको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, निशुल्क उपचारको प्रबन्ध, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरूमा म पुनः ध्यानाकर्षण गराउँदछु ।
महासंघले स्थापनादेखि नै निरन्तररुपमा लोकतान्त्रिक विधि र प्रक्रियाबाट नेतृत्व चयन गर्नुका साथै नियमितरुपमा आफ्ना अधिवेशन र साधारणसभा गर्दै आएको छ । २०७७ चैत्रमा २६औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले हाम्रा मुद्दाहरुलाई प्राथमिकताका साथ उठाउने छ । प्रेस स्वतन्त्रता, श्रमजिवीको सवाललाई केन्द्रविन्दूमा राखेर नै यो कार्यसमितिले आफ्ना रणनीति निर्माण गर्ने छ । यो हाम्रो साझा प्रतिबद्धता हो ।
अन्त्यमा, नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रो दायित्व र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबैमा अपिल गर्दछु ।
.....................
विपुल पोख्रेल
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.