कास्की। अखिल नेपाल रास्ट्रीय स्वतन्त्र बिध्यार्थी युनियन (क्रान्तिकारी) पोखरा विश्वविद्यालय क्षेत्रिय समन्वय समितिले बिध्यार्थी हरुका तत्कालीन समसामयिक समस्या र विश्वविद्यालयको शैक्षिक सुधारसङ्ग सम्बन्धित १३ ओटा विषयमा ज्ञापनपत्र बुझाएको छ। कास्कीको लेखनाथ स्थित पोखरा विश्वविद्यालयका उपकुलपतिलाई सम्बोधन गर्दै मङ्गलबार क्रान्तिकारी बिद्यार्थीको क्षेत्रीय समन्वय उपसमिति इन्चार्ज तारा सञ्ज्याल र संगठनका संयोजक सविन सापकोटा नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्रमा ,तत्काल शुल्क निर्धारण गरिनु पर्ने, विश्वविद्यालयमा हुने राजनितीक भागबन्डाको अन्त्य हुनुपर्ने, काठमाडौमा सम्पर्क कार्यालय स्थापना गरिनु पर्ने, रिक्त पदहरुको अबिलम्ब पुर्ती गरिनु पर्ने र बिगतमा अखिल क्रान्तिकारी सङ्ग गरियका सहमतिहरुको कार्यान्वयन गरिनु पर्ने तथा यी मागहरुको उचित सम्बोधन नभय थप आन्दोलनका कार्यक्रम समेत घोषण गरिने उल्लेख गरिएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.