अखिल (क्रान्तिकारी) को निशानामा भ्रष्ट जनप्रतिनिधि, वडा अध्यक्ष र सचिवलाई कालोमोसो दलियो

डेली न्युजराप्ती       १० माघ २०७८ २०:०० मा प्रकाशित     464 No Comments


प्रकाश थापा,बझाङ। विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) बझाङले माघ ९ गते एक प्रेस विज्ञप्ति जारी गरि बझाङ जिल्ला चिरबिथडी गाउँपालिका वडा नं.८का वडा अध्यक्ष जय बहादुर मल्ल र वडा सचिव दत्तराम अबस्थीलाई कालोमोसो सहित जुत्ताको माला लगाइ जनकार्बाही गरेको जनाएको छ।
मौसमको कारण ढिला प्राप्त भएको सुचना अनुसार जिल्ला इन्चार्ज शंकर खाती र अध्यक्ष कमल थापाको संयुक्त हस्ताक्षरद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ,” आम विधार्थीकाे प्रिय संगठन अखिल (क्रान्तिकारी ) बिगत लामो समय देखि शैक्षिक ,सामाजिक ,जनताका सराेकारका बिषयमा सडक बाघको रूपमा निरन्तर संघर्षरत रहेको सबै मा जानकारी नै छ। बझाङ चिरबिथड गाउपालिका वडा नम्बर -८का वडा अध्यक्ष जय बहादुर मल्ल र वडा सचिव दत्तराम अबस्थी ले वडा बासिकाे बिकास निर्माण आएको बजेटलाई सचिव र वडा अध्यक्ष मिलेर व्यापक भष्ट्राचार गरेको हाम्रो संगठनलाई वडाबासिले रिपोर्ट गरेको हुदा वडाबासिकाे रिपोर्ट काे अध्ययन गर्दा निज दुबै जना भष्ट्र रहेको ठहरिएको हुदा दुबै जनालाई संगठनले तपसिल बमोजिम कारण सहित कारबाही गरेको छ”।
कारबाही गर्नुका कारणहरु:-
१)१कराेड ५०लाखकाे खानेपानी याेजना धारा निर्माण पानी सञ्चालन नगर्दै काम गर्ने मजदुरलाई ज्वाला नदिई कमिशन खाएर बजेट पास गरेकोले।
२) सडक बनाउदा कमिसन दिने मान्छेलाई मात्र उपभोक्ता समितिको अध्यक्ष बनाएको रोड बनाउदा अनआवश्यक दुइ ठाँउबाट कटिङ गरी १० लाख हिनामिना गरेको र वडामा व्यवस्थापनको नाममा वर्षेनी ३ लाख ५० हजार हिनामिना गरेको ।
३)मृत्यु भएका नागरिकको मृत्यु दर्ता नगरि चार बर्षकाे लाखौं पैसा कागज मिलाएर वडा सचिव र वडा अध्यक्षले हिनामिना गरेकाले।
४)वडा कार्यलयकाे सवारीसाधनमा नम्बर पेलेट चेन्ज गरि ब्यपारीकाे जाडरक्सि ढुवानी गर्ने गरेकोले।
५)सेवाग्राहीले सुचनाहक अन्तर्गत रहेर सुचना माग्दा सुचना नदिने , गुनासो गर्दा सेवाग्राहीलाई धम्कीदिने गरेकोले ।
६) हाम्रो पार्टीकाे न्यायपुर्ण आन्दोलनलाई जथाभावी भण्डाफाेर गर्दै आफ्नाे पदिय मर्यादा ख्याल नगरि पार्टी बिरूद्व सुराकी गरेकोले
७) पर्यटकीय स्थलका नाममा आफ्ना पितरका मन्दिर मात्र बनाइ अनियमितता गर्न खोजेकाले।
प्रेस बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार