संगठनद्वारा मृतक बिष्णि खत्री प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त
न्यूजराप्ती, माघ-२३ तुलसीपुर। विप्लव नेतृत्वको नेकपा निकट पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन तुलसीपुर नगर कमिटी सदस्य सीता भण्डारीलाई मातृशोक परेको छ।
ज्ञानज्योती आधारभुत बिधालयकि शिक्षिका समेत रहेकि भण्डारीकि ममतामयी आमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ लहलौरा निवासी बिष्णि खत्रीको माघ १५ गतेका दिन ८३ वर्षको उमेरमा दुखद निधन भएको हो।
संगठनले मृतक बिष्णि खत्रीको दुखद निधनले संगठन स्तब्ध एवम मर्माहत भएको जनाएको छ। साथै दुखको घडिमा मृतक आमा बिष्णि खत्रीको घरमा पुगेर नेकपा दाङका सेक्रेटरी प्रदिप,संगठनका दाङ जिल्ला कोषाध्यक्ष एवम नगर कमिटी अध्यक्ष मेघराज घिमिरे,जिल्ला कमिटी सदस्य लिला परियार,जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वली लगाएतका नेता-कार्यकर्ताहरुले दिवंगत प्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना प्रकट गर्नुभएको हो।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.