राेल्पाकाे गंगादेवमा कांग्रेस बिजयी,स्वतन्त्र उम्मेदवार आदर्शले सम्मानजनक मत ल्याए

डेली न्युजराप्ती       २ जेष्ठ २०७९ १०:२३ मा प्रकाशित     391 No Comments

जेठ २ राेल्पा – गंगादेव गाउँपालिकामा माओवादी विरासत ताेडदै नेपाली कांग्रेसले बहुमत वडासहित विजय हासिल गरेकाे छ।

अध्यक्षमा नेपाली कांग्रेसका जिल्ला उपसभापति समेत रहेका हरीबहादुर पुन निर्वाचित भएका छन् भने उपाध्यक्षमा अमृता केसी वली निर्वाचित भएकि छिन। यी दुवै उम्मेदवार २०७४ काे स्थानीय तह निर्वाचनमा साेहि पदमा पराजित भएका थिए।

अध्यक्षका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार राेशनकुमार वलीलाई ४९ मतान्तरले र माओवादी केन्द्र/एकीकृत समाजवादी गठबन्धनका साझा उम्मेदवार बीरबहादुर खत्री र विप्लव नेतृत्वकाे नेकपाबाट स्वतन्त्र उम्मेदवार चुडामणि वली `आदर्श´लाई फराकिलो मतान्तरले पराजित गरेका हुन।

यता विप्लव नेतृत्वको नेकपाबाट पहिलोपटक निर्वाचनमा होमिएका चुडामणी वली (आदर्श)ले सम्मानजनक मत ल्याएका छन। स्वतन्त्र गाउँपालिका अध्यक्षमा होमिएका वलीले १५७३ मत ल्याएका छन।

गाउँपालिकाको ७ मध्ये ५ वटा वडामा कांग्रेसले जित निकालेको छ भने एमाले र माओवादी केन्द्रले एकएक वडा लिएका छन।

याे गाउँपालिका नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनकाे गृह पालिका हाे भने विजयी हुने पुन सभापति अमरसिंहकै सहाेदर भाइ हुन।

मत परिणाम हेर्नुस्

सुर्य (एमाले)
अध्यक्ष (रोशन कुमार वली)- २४९९
उपाध्यक्ष (निर्मला कुमारी वली)- २४४२

रुख (काङ्ग्रेस )
अध्यक्ष (हरि बहादुर पुन)- २५४८ (विजयी)
उपाध्यक्ष (अमृता केसी वली)- २९०९ (विजयी)

गठबन्धन (माओवादी/ए.समाजवादी)
अध्यक्ष (वीर बहादुर केसी)- २१५४
उपाध्यक्ष (नेब बहादुर डाँगी)- १८११

पुतली (स्वतन्त्र)
अध्यक्ष (चुडामणी वली (आदर्श))- १५७३
उपाध्यक्ष (शुशीला वली)- ८५५

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार