नेकपा एसद्वारा दाङमा शक्ति प्रदर्शन सहित बृहत कार्यकर्ता भेलाको आयोजना, पुर्वप्रधानमन्त्री खनाल आउदै

डेली न्युजराप्ती       २० चैत्र २०७८ ०८:४२ मा प्रकाशित     229 No Comments


दाङ, २० चैत । पुर्वप्रधानमन्त्री झलनाथ खनाल दाङमा आउनुहुने भएको छ । नेकपा एकिकृत समाजवादीका नेता समेत रहनुभएका खनाल पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नका लागि दाङको घोराहीमा आउनुहुने भएको हो । नेता खनाल यहि चैत २१ गते सोमबार घोराहीमा आउन लागेको पार्टीका प्रचार विभाग प्रमुख दिपक कुमालले जानकारी दिएका छन।

घोराहीमा पुरानो बसपार्कको सभागृहमा संचालन हुन लागेको बृहत कार्यकर्ता भेलालाई नेता खनालले सम्बोधन गर्नुहुने भएको हो । त्यसअवसरमा नेकपा एकिकृत समाजवादी दाङले शक्ति प्रदर्शन गर्ने प्रचार विभाग प्रमुख कुमालले जानकारी दिएका छन । जिल्लाका दश स्थानीय तह र एक सयवटै वडाबाट नागरिकको सहभागीता रहने उनले बताए।

कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्तिलाई विभिन्न पदको जिम्मेवारीसमेत प्रदान गरिएको छ । चुणर्बहादुर वलीलाई जनपरिचालन उपसमिति संयोजक, गुरुप्रसाद महरालाई संस्कृतिक संयोजक, पार्टीका जिल्ला अध्यक्ष शुरामनी बेल्वासेको संयोजकत्वमा पार्टी प्रवेश समितिको जिम्मेवारी तोकिएको छ ।

यस्तै सचिवालय संयोजक प्रेम बुढालाई स्वयसेवक परिचालन समिति संयोजक, जिल्ला उपाध्यक्ष शोभा शाखालाई मञ्च व्यवस्थापन समितिको संयोजक, जिल्ला उपसचिव डिल्ली पुनलाई आर्थिक समिति संयोजक र प्रचार विभाग प्रमुख दिपक कुमाललाई प्रचारप्रसार संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । कार्यक्रमलाई भव्यरुपमा सफल बनाउनका लागि तयारीलाई तिब्र पारिएको प्रचार विभाग प्रमुख कुमालले बताएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार