कार्तिक १८ , दाङ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले माथिल्लो कर्णाली जलविद्युत परियोजना नेपाली जनताले बनाउन पहल गर्नुपर्ने बताएका छन ।
नेता प्रकाण्ड सीले आज आफ्नो फेसबुक पेज मार्फत उक्त कुरा बताएका छन ।
सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत परियोजनामा भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर)लाई लगानी जुटाउन थप दुई वर्ष समय दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सन्दर्भमा नेकपाका प्रवक्ता प्रकाण्डले सामाजिक संजाल मार्फत अपर कर्णाली जलविद्युत परियोजना नेपाली जनताले वनाउन पहल गर्नुपर्ने धारणा व्यक्त गरेका हुन ।
नेता प्रकाण्डले लेखेका छन – ‘ हाम्रो पार्टी लगायत देशभक्तहरुको अनवरत जनसंघर्ष र कानुनी संघर्षपछि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अपर कर्णाली परियोजना (९०० MW/ विश्व वैक सर्वेक्षण ४१००MW) राष्ट्रघाति सम्झौता वमोजिम निर्माणको जिम्मा लिएको भारतीय GMR कम्पनीलाई लगानी जुटाउने समय अबधि अब थप नगर्न आदेश जारी गरेको छ । यसका लागि जलश्रोत विद रतन भण्डारी र वरिष्ठ अधिबक्ता एकराज भण्डारीको टिमलाई विशेष धन्यवाद ।’
माथिल्लो कर्णाली जलविद्युत परियोजना भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर)लाई दिनु राष्ट्रघाती कदम भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले उक्त परियोजना खारेज गर्न पटकपटक संघर्ष गरेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.