सल्यानमा विप्लव नेकपाले गाउँगाउँमा अभियान चलाउँदै, चुनावमा जाने संकेत

डेली न्युजराप्ती       २९ चैत्र २०७८ ०६:३४ मा प्रकाशित     284 No Comments

चैत २८, सल्यान ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्ला व्यापी रूपमा घरदैलाे अभियान चलाएकाे छ । हालै सम्पन्न भएकाे जिल्ला कमिटीकाे बैठकले आफ्ना एजेन्डाहरु जनतामाझ लिनलाइ गाउँघरमा जाने निर्णय गरेकाे थियाे ।

गाउँमा आफ्नाे पार्टीप्रति जनताकाे उत्साह रहेकाेले अहिले आफुहरु अभियानकै क्रममा गाउँघरमा रहेकाे नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पाेखरेलले बताए ।

जिल्लाकाे दार्मा, कुमाख, कालिमाटी तथा छत्रेश्वरीमा पार्टीप्रति ठुलाे जनमत रहेकाले अभियानलाइ अझ तिव्रता पारिएकाे उनले बताए । पार्टीले स्वतन्त्र रुपमा उम्मेदवार बन्न पाउने भनेपछि अहिले नेताहरु जिल्लामा व्यापक रुपमा तयारीमा लागेकाे बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार