एमसीसी कार्यान्वयन जसरी पनि हुनुपर्छ:अमेरिकी सहायक विदेशमन्त्री लु

डेली न्युजराप्ती       ३० असार २०८० १०:१४ मा प्रकाशित     106 No Comments

काठमाडौँ — नेपालमा एमसीसी सम्झौता पारित भएपनि कार्यान्वयनको बिषयमा आम जनमत बिभाजित र जनस्तरबाट बिरोध भईरहेको बेला अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एकदिने नेपाल भ्रमण क्रममा शुक्रबार गरिएका उच्चस्तरीय भेटवार्तामा अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई कार्यान्वयन गर्न जोड दिएका छन् ।

लुले सत्तारूढ कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटवार्तामा एमसीसी कार्यान्वयनको विषय उठाएका हुन् ।

एमसीसी संसद्बाट अनुमोदनअघि लु २०७८ मंसिरमा नेपाल आएका थिए । सोही वर्षको फागुन १५ मा एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएको थियो । २०७८ माघ २७ मा लुले तत्कालीन प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालसँग एमसीसी अनुमोदनलाई लिएर टेलिफोन संवाद गरेका थिए ।

नेपालमा एमसीसी अनुमोदन भएपनि यसको कार्यान्वयनले देशको स्वाधीनता, स्वतन्त्रता र असंग्नता खतराको दिशामा जानसक्ने बिश्लेषणबिच उनले कार्यान्वयनमा जोड दिइरहेका छ्न।

कुनै पनि शक्ति रास्ट्रको सामरिक गठबन्धनसङ्ग सहकार्य नगर्ने र सबै देशहरूसङ्ग पञ्चशिलता र पारस्परिक सम्बन्ध कायम गर्ने नेपालको बिदेश नीति रहेको बेला चीनको उदयलाई रोक्ने वा चीन विरुद्ध नेपाली भुमि प्रयोग गर्ने उदेश्यले ल्याइएको एमसीसी देशका लागि निकै चुनौतीपूर्ण हुने अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार