सिँचाइ कुलो (नहर)मा डुबेर दाङमा एक जनाको मृत्यु

डेली न्युजराप्ती       १० फाल्गुन २०७९ १४:२२ मा प्रकाशित     119 No Comments

दाङ, १० फागुन
सिँचाइ कुलो (नहर)मा डुबेर दाङमा एक जनाको मृत्यु भएको छ ।

बुधबार विहान देउखुरीमा खेतमा सिँचाइ गर्ने देउपुर कुलोमा डुबेर लमही नगरपालिका–६ देउपुर निवासी करिब ५० वर्षीय कैलाश डाँगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

डाँगीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार