हेमन्त प्रकाश ओली ।
फागुन ५, तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लव सी दाङ आउने भएका छन्।
दाङ क्षेत्र नम्बर ३ को चुनावी सभालाई सम्बोधन गर्न विप्लव दाङ आउन लागेका हुन्।
महासचिव विप्लवले भोलि फागुन ६ गते तुलसीपुरमा पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नेछन्।
तुलसीपुरको बिएसएस पार्टी प्यालेसको प्राङ्गणमा दिउसो १२ बजेदेखि सुरु हुने चुनावी सभा कार्यक्रममा सामना सांस्कृतिक परिवारले सांगीतिक प्रस्तुति प्रस्तुत गर्नेछ।
कार्यक्रममा उपस्थितिका लागि पार्टीले दाङ ३ नम्बर निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताहरूलाई उपस्थितिका लागि हार्दिक अपिल गरेको छ।
विप्लवले भोलि नै दाङ क्षेत्र नम्बर १ को चुनावी सभालाई देउखुरीमा सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा (माओवादी)ले जनाएको छ ।
पहिलोपटक संसदीय निर्वाचनमा होमिएको नेकपा (माओवादी)को चुनाव चिन्ह गुलाफको फूल रहेको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.