तुलसीपुर, २२ भदौ । पश्चिम दाङमा अटो दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका २ निबासी ३५ बर्षका निम बहादुर रेउले, सोही ठाउँ निबासी चालक ३२ बर्षका विदेश रोका रहेका छन् । घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
तुलसीपुरबाट पश्चिम तर्फ गइरहेको रा१ह५६३२ नम्बरको अटो शान्तिनगर २ पेदामा अनियन्त्रीत भएर पल्टिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.