अनिता गजमेर,उदयपुर। नेपाल कम्युनिस्ट पार्टी संग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपा लगाएत चार कम्युनिस्ट पार्टीहरुले पुर्बको बिराटनगरमा प्रदेश स्तरीय संयुक्त रूपमा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम मोरङ्गको हनुमान मन्दिर बाट विभिन्न नारा हरु लगाउदै एमसीसी र एसपीपी, नागरिक बिधेयक खारेज गर, मूल्यबृद्धि नियन्त्रण गर ,पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता गर ,विप्लव लगाएत नेतालाई जारि गरेको पक्राउ पुर्जि फिर्ता गर जस्ता नाराहरु लगाउदै बजार परिक्रमा गरि ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो ।
उक्त बिरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका मोरङ्ग जिल्ला सेक्रेटरी देब गुरुङ्गले राष्ट्रघाती एमसिसी र एसपीपी सम्झौताले नेपालको राष्ट्रिय स्वाधीनतामा गम्भीर रूपमा संकट निम्ताउने काम गरेको बताएका थिए।
बिरोध सभालाइ सम्बोधन गर्ने वक्ताहरुले उनीहरुले बिदेशीले दिएको सहयोगको लोभमा राष्ट्रलाइ कसैको उपनिवेश बनाउने हर्कत स्वाभिमानी नेपाली जनतालाइ स्विकार्य नहुने बताउदै जस्तो सुकै चुनौती आएपनि आफुहरु पछाडि नहट्ने र एमसिसि एसपीपी सम्झौता कुनै हालतमा कार्यान्वयन गर्न नदिने बताउदै उनले नेपाल सरकारले नेपाल कम्युनिस्ट पार्टीसंग भएको तिन बुदे बार्तालाई कार्यान्वयन गर्नुको साटो उल्टै नेताहरुलाई पक्राउ पुर्जि जिल्ला अदालत ललितपुरले जारि गरेको कुरालाई आपत्ति जनाउदै उनले नेपाल सरकारलाई तिन बुदे सहमती कार्यान्वयन गरि नेताको नाममा जारि गरिएको पक्राउ पुर्जि फिर्ता गर्न आग्रह गर्दै यदि राज्यले आफ्नो कुरालाई बेवास्ता गरे आफुहरु जस्तोसुकै चुनौती आएपनि पछि नहट्ने र राज्यलाई ईटको जवाफ पत्थरले दिने चेतावनी समेत दिएका थिए।
बिरोध सभाको संचालन मोरङ्ग जिल्ला कमिटी सदस्य कुमार खतिवडाले गरेका थिए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.