सर्लाही । सर्लाहीको हरिपुरमा जल्दै गरेको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । हरिपुर नगरपालिका–६ लक्ष्मीपुरकी इन्द्रकला देवीको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।
शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले राजाराम साहकी श्रीमती इन्द्रकलाको शव नियन्त्रणमा दिएको हो । कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन थालेको भन्दै प्रहरीले शव नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।
५० वर्षीय श्रीमान् राजारामकै कुटपिटबाट इन्द्रकलाको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिटपछि राजाराम फरार भएकाले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.