एक रुपैयाँ भ्रष्टाचार गर्दिन,समृद्ध वडा बनाएरै छाड्छु: कुल बहादुर वली(प्रतिरोध)

डेली न्युजराप्ती       १६ बैशाख २०७९ २०:२३ मा प्रकाशित     398 No Comments


बैशाख १६,तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ का स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार कुल बहादुर वली(प्रतिरोध)ले आफुले एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने जिकिर गरेका छन।
शुक्रबार वडाका मतदाताहरु संगको भेटघाट कार्यक्रममा वलीले उक्त कुरा बताएका हुन। उनले आफुले जितेपछी वडालाइ समृद्ध बनाएरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ बाट नेकपाको समर्थनमा उनी स्वतन्त्र वडा अध्यक्ष पदमा चुनाव लड्दै छन। न्युजराप्तीसंगको फोन सम्पर्कमा उनले भने – ‘ वडामा लोकप्रिय मतका साथ चुनाव जित्छु,जहाजहा पुगेको छु सबैतिर एउटै कुरा छ,यो चुनावमा अहिलेसम्म भोट नदिएका उम्मेदवारलाई चुन्छौ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार