माध्यामिक बिधालय बालापुरको वि.व्य स. अभिभावकबाट अनुमोदनबिहिन

डेली न्युजराप्ती       ३० श्रावण २०८० १४:४१ मा प्रकाशित     375 No Comments

डेलीन्युजराप्ती संवाददाता ।

साउन ३० , तुलसीपुर । श्री माध्यामिक बिधालय बालापुरको वि.व्य स. अभिभावकबाट अनुमोदन नभएको पुष्ठि भएको छ ।

तुलसीपुर -२ बालापुर स्थित श्री माध्यामिक बिधालय बालापुर अभिभावक भेलाबाट अनुमोदन नभएको हो ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले असार २४ गते गठन गरिएको वि.व्य स. अभिभावकबाट अनुमोदन नभएकाले अनुमोदनका लागि बिधालयलाई निर्देशन गरेको छ ।

माबी बालापुरमा पटकपटक अभिभावक भेलाबाट राजनीतिक सहमतीका आधारमा वि.व्य स.गठनको तयारी गरिएपनी सहमती जुट्न नसकेपछि जेठ १८ गते बिधालय व्यवस्थापन समिती तथा शिक्षक अभिभावक संघ गठनका लागि भेलामा उपस्थित अभिभावकहरुको सहमती अनुसार ७ सदस्यीय निर्णय प्रमाणीकरण तथा अनुमोदन समिती बनाउने निर्णय भएको थियो ।

सोही निर्णय बमोजिम असार २४ गते तिलक केसीको अध्यक्षतामा वि.व्य स. गठन गरिएको थियो ।

यता तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले असार २४ गते गठन गरिएको बिधालय व्यवस्थापन समिती अभिभावकबाट अनुमोदन गराउन जानकारी दिएको जनाएको छ ।

यता सोही बिसयमा डेलिन्युजराप्तीसंग कुरा गर्दै बिधालयका प्रधानाध्यापक गणेशमान खड्काले पटकपटक सहमति खोज्दा सहमती जुट्न नसकेपछि अभिभावकको म्यान्डेट अनुसार ७ सदस्यीय समितिले वि.व्य स. गठन गरेको जनाएका छन्।

अभिभावकवाट अनुमोदन नभएको माबी बालापुरको वि.व्य स.ले शिक्षक सरुवा तथा नियुक्तिको निर्णय समेत गरेको पाइएको छ ।

अनुमोदन नभएको विव्यसले गरेका निर्णय अगाढी बढ्दैन: भण्डारी
तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारीले अनुमोदन नभएको विव्यसले गरेका निर्णयहरु अगाडि नबढ्ने बताएका छन् ।

भण्डारीले माबी बालापुरको नबनियुक्त विव्यस अबैध नभएको तर अभिभावकबाट अनुमोदन नभएको समेत बताए ।

उनले भने – ‘ समितिलाइ अबैध भन्न मिल्दैन तर अभिभावकबाट अनुमोदन भएको छैन । अभिभावकबाट अनुमोदन गराउन भनेका छौँ । पहिले अभिभावकवाट समिती अनुमोदन गराउनुपर्यो त्यसपछी समितिले निर्णय गर्न पाउछ । अनुमोदन नभएको समितिले कुनैपनी निर्णय गर्न पाउदैन ।’

भण्डारीले पछिल्लो समय दाङका बिधालयहरु राजनीतिक खिचातानी र शक्ति प्रदर्शन गर्ने थलोको रुपमा विकास भइरहेकोप्रती चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार