कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले परिवारबाट हुने सहयोग राजनीतिमा महत्त्वपूर्ण हुने बताएका छन् ।
आमा आशिका देवी चन्दको स्मृतिमा कपिलवस्तुको शिवगढीमा आज भएको श्रद्धाञ्जली सभा कार्यक्रममा बाेल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।
महासचिव विप्लवले आफुहरुले हिडेकाे बाटोलाई कहिल्यै पनि अप्ठ्यारो नमानेर आमाले साथ दिएको स्मरण गरे ।
महासचिव विप्लवले आफुहरुले पार्टीको नवौं महाधिवेशनले जाति, धर्म र मृत्यु संस्कारबारे वैज्ञानिकीकरण गर्दै जाने गरी सी जाति, मृत्युु संस्कारबारे नयाँ वैज्ञानिक अवधारणा बनाएर जाने नीति अनुरुप नयाँ संस्कारको विकास गरेको समेत बताए ।
उनलेे भने, ‘हामीले बन्दुक कुनै मान्छेलाई मार्ने उद्देश्यले बोकेको होइन, हामीले बन्दुक परिवर्तनको लागि बोकेका हौं, कसैले हाम्रो परिवर्तनमा हस्तक्षेप गर्छ भने त्यसको प्रतिकार हुन्छ । हामीले समाजमा नयाँ संस्कार स्थापित गर्नेछौं । सी जातिले एउटै काम गर्नेछन् । त्यसैले हामीले पहिला आफुबाट नै यो नीति लागु गर्दै अगाडि बढ्याे । अन्तत हामी सबै सी जाति भएर नयाँ संस्कार संस्कृतिको विकास गरेर जान्छौँ । यसमा कसैले अवरोध गर्छ भने त्यसको पतन पनि अनिवार्य हुन्छ ।’
महासचिव विप्लवकाे अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा पार्टीका स्थायी कमिटी सदस्य सन्ताेष सी, पार्टीका सल्लाहकार दिर्घ सी, माओवादी केन्द्रका पाेलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री कृष्णध्वज खड्का, सहिद बेपत्ता परिवारको तर्फबाट पार्टीका पाेलिटब्युरो सदस्य आस्था सी लगायतले ममतामयी आमा आशिका देवी चन्दप्रति हार्दिक श्रद्धाञ्जलीसहित श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका ममतामयी आमा आशिका देवी चन्दको स्मृतिमा भएको श्रद्धाञ्जली सभा कार्यक्रमकाे सञ्चालन पार्टीका पाेलिट ब्युरो सदस्य ध्रुब सीले गरेका थिए ।
उक्त श्रद्धाञ्जली सभामा विभिन्न पार्टीका नेता कार्यकर्ता र स्थानीयको उपस्थिति रहेको थियो । नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले जाति, धर्म र मृत्यु संस्कारबारे वैज्ञानिकीकरण गर्दै जाने गरी सी जाति, मृत्युु संस्कारबारे नयाँ वैज्ञानिक अवधारणा बनाएर जाने नीति पास गरेको थियो । सोही नीति अनुसार पार्टी महासचिव विप्लव परिवारले आमा आशिका देवी चन्दको स्मृतिमा सार्वजनिक प्रयोगका लागि फलफूल वृक्षारोपण, चित्र-चन्द्र-आशिका सहयोग काेष, सहिद परिवार, अपांग, असहाय, बृद्ध-बृद्धालाई न्यानो कपडा वितरण र श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
श्रद्धाञ्जली सभामा दिवंगत आमा आशिकादेवीका जेष्ठ सुपुत्री तुलसा सी , माहिली छोरी लक्ष्मी सी , नेकपाका स्थायी कमिटी सदस्यहरु विषम सी , गोकुल सी , शिलु सी , भरत सी , नेकपाका सल्लाहकार समिती सदस्य दिर्घ सी , सम्पुर्ण वेपत्ता योद्धा परिवारको तर्फबाट आस्था सी , नेकपा (माओवादी केन्द्र ) का पोलिटब्युरो सदस्य तुलाराम घर्ती मगर (बसन्त) , नेपाली कांग्रेस जिल्ला उपसभापति हुमाकान्त खड्का , स्थानीय समाजसेवी पुर्व वडा अध्यक्ष जीवन , गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष जयन्द्र चन्द , दिवंगत चन्द्र बहादुर चन्दका जिवनसंगिनि राजकुमारी सी , माहिली बुहारी पुर्णिामा सी , कान्छी छोरी देवा सी ,दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा नवनिर्वाचित माओवादी केन्द्रकी नेतृ रेखा शर्मा , दामा शर्मा ,नेपाल सरकारका सहसचिव दिनेश रजौरिया , राप्रपाका केन्द्रीय सदस्य द्वय प्रकाश रजौरिया कृष्ण पौडेल ,लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य कृष्णध्वज खड्का , रोल्पा १(ख)बाट निर्वाचित स्वतन्त्र उम्मेदवार दिपेन्द्र पुन (सिजल), रोल्पाबाट वीर बहादुर खत्री (अपराजय), पाल्पाका समाजसेवि निरोज मास्के लगाएतको आतिथ्य रहेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.