नवौं महाधिवेशन केन्द्रित कार्यक्रम गर्ने निर्णय सहित नेकपा राजपुरको ८औ पुर्ण बैठक सम्पन्न

डेली न्युजराप्ती       १० असार २०७९ २०:४० मा प्रकाशित     191 No Comments

धर्मेन्द्र-सुदर्शन बेहोसीको तालमा बर्बराइरहेका छन: इन्चार्ज उज्वल
असार १०,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत राजपुर गाउकमिटीको ८औ बैठक सम्पन्न भएको छ।
शुक्रबार सम्पन्न बैठकले असोज १-८ सम्म काठमाडौंमा हुने पार्टीको नवौं महाधिवेशनलाई भव्यताका सफल पार्न विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको जनाएको छ।

बैठकले नवौं महाधिवेशनलाई भव्य बनाउन व्यापक वालिङ गर्ने,पार्टी सदस्यता नबिकरण,नया पार्टी सदस्यता बितरण गर्ने,सेल कमिटी गठन/पुनर्गठन गर्ने,वडा सम्मेलन गर्ने,पालिका सम्मेलन गर्ने,जवस/मोर्चाको संगठन सुदृढीकरण,गठन/पुनर्गठन गर्ने लगाएतका निर्णयहरु गरेको नेकपा राजपुर गाउकमिटिले जनाएको छ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेकपा राजपुर गाउकमिटीका इन्चार्ज उज्वलले धर्मेन्द्र-सुदर्शनले पार्टीमा संगै हुदा एकीकृत जनक्रान्तीको कार्यदिशा बस्तुबादी भएको भन्दै आठ बर्षसम्म नेता-कार्यकर्तालाई प्रशिक्षण दिदै हिडेको तर अहिले अनेकौं भ्रमपुर्ण प्रचारबाजी गर्दै आफ्नै बेज्जत गरेको बताए। उनले भने– ‘धर्मेन्द्र-सुदर्शनले हजारौं नेता-कार्यकर्तालाई एकीकृत जनक्रान्ती बस्तुबादी र अहिलेको बिश्वमा आएको फेरबदल र पुजीवादलाइ परास्त गरि वैज्ञानिक समाजवाद स्थापना गर्न सकिने कार्यदिशा भन्दै चिच्याए तर अहिले बेहोस तालमा आफैले बोलेको अत्तोपत्तो पाएका छैनन्। धर्मेन्द्र-सुदर्शन आजभोली आफै के बोलिरहेका छ्न पत्तो पाएकै छैनन्,बेहोसीको तालमा बर्बराइरहेका छन।’
नेता उज्वलले धर्मेन्द्र-सुदर्शनहरुले पार्टी र क्रान्तीका विरुद्ध गरेको विषबमनले प्रतिक्रियावादी र साम्राज्यवादिलाइ टेवा पुर्याएको बताएका थिए।
नेकपा राजपुर गाउकमिटीका इन्चार्ज/सेक्रेटरी उज्वलको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार