घोराहीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

डेली न्युजराप्ती       १ श्रावण २०८० २१:३५ मा प्रकाशित     258 No Comments

दाङ, १ साउन । दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ८ सौडी बस्ने २६ वर्षीय अनिल नेपाली रहेका छन् ।

१८ वर्षीया किशोरीलाई गत बिहीबार राति रोल्पाबाट ललाई फकाई ल्याई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले आइतबार राति उनलाई पक्राउ गरेको हो । यस बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार