१०८ जनामा कोरोना संक्रमण पुष्ठि

डेली न्युजराप्ती       ६ बैशाख २०८० १७:१४ मा प्रकाशित     120 No Comments

काठमाण्डौ,६ बैशाख । पछिल्लो २४ घण्टामा एक सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार चार सय ५० जनाको नमुना परीक्षण गर्दा एक सय आठ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६६ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ८६ जना पुगेको छ । अहिले काठमाण्डौ उपत्यकाका संस्थागत आइसोलेशनमा २९ जना, आईसीयूमा सात जना र भेन्टिलेटरमा तीन जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार