नेकपा दाङद्वारा राजबन्दी रिहाईको माग गर्दै घोराहीमा भव्य मसाल जुलुस प्रदर्शन

डेली न्युजराप्ती       २ असार २०७९ २२:१९ मा प्रकाशित     241 No Comments


असार २,घोराही। नेपाल कम्युनिस्ट पार्टी दाङले राजबन्दी रिहाइको माग गर्दै घोराहीमा मसाल जुलुस प्रदर्शन गरेको छ।

नेकपाले बिहिवार घोराहीको दामोदर चोकबाट तुलसीपुर चोकसम्म मसाल जुलुस प्रदर्शन गर्दै राजबन्दी रिहाईको माग गरेको हो।
तत्कालीन केपि वली नेतृत्वको सरकारसंग भएको तिन बुदे सहमति अन्तर्गत सरकारले प्रतिबन्धको समयमा झुठा मुद्दामा गिरफ्तार गरेका नेता-कार्यकर्ताहरुलाइ रिहाइ गर्ने सहमती गरेपनी अहिलेसम्म नेता-कार्यकर्ता रिहा नभएपछि नेकपाले निरन्तर संघर्षका कार्यक्रमहरु गर्दै आइरहेको छ।

मसाल जुलुस प्रदर्शनपछिको कोणसभालाइ सम्बोधन गर्दै नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजयले सरकारद्वारा बन्दी बनाइएका राजबन्दी रिहाइ गर्न चासो नदेखाएको भन्दै कडा आलोचना व्यक्त गरेका थिए।
नेता संजयले सरकारले आफ्नो पार्टीसंग भएको तीन बुदे सहमती लागु नगरेको भन्दै सहमती अक्षरंस पालना गर्न माग गरेका थिए। तिन बुदे सहमती अक्षरंस पालना नगरे थप कडा संघर्षका कार्यक्रम गर्ने नेता संजयले बताएका थिए।

मसाल जुलुसपछिको कोणसभाको सहजीकरण अखिल(क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष खुमनले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार