यी हुन पुतली चुनाव चिन्ह सहित तुलसीपुरबाट निर्वाचनमा होमिएका स्वतन्त्र वडा अध्यक्षहरु!

डेली न्युजराप्ती       २४ बैशाख २०७९ १७:१४ मा प्रकाशित     357 No Comments


बैशाख २४,तुलसीपुर। बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारहरु निर्वाचनमा होमिएका छन।
स्थानीय निर्वाचनमा कसैले दलले टिकट नदिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन भने केहि देशभक्त,राष्ट्रबादी,एमसिसी बिरोधी जनपक्षीय उम्मेदवारहरु स्वतन्त्र रुपमा चुनावमा होमिएका छन।

देशभक्त,राष्ट्रबादी,एमसिसी बिरोधी,राष्ट्रघात र जनघात बिरोधि उम्मेदवारहरुलाइ विप्लव नेतृत्वको नेकपाले समर्थन गरेको छ।

तुलसीपुर उपमहानगरपालिका स्वतन्त्र उप-मेयर पदमा खेमराज वली:
यस्तै तुलसीपुर उपमहानगरपालिकाबाट स्वतन्त्र उप-मेयर पदमा खेमराज वली चुनावमा होमिएका छन।
पुतली चुनाव चिन्ह लिएका उप-मेयर पदका स्वतन्त्र उम्मेदवार खेम वलीको पक्षमा दिनानुदिन जनलहर बढेको छ। उनी निर्वाचनमा बलिया प्रतिस्पर्धी साबित हुने धेरैको अनुमान रहेको छ। तुलसीपुर खानेपानी संस्थामा झण्डै ४ कार्यकाल बिताएका खेमराजले तहसनहस अवस्थामा पुगेको तुलसीपुर खानेपानी संस्थालाई नेपालको उत्कृष्ट खानेपानी संस्था बनाएका थिए। खानेपानी संस्थामा गरेको कामले खेमराज वलीले उप-मेयर पदमा चुनाव जित्ने आम मतदाताले बताउने गरेका छन। उप-मेयर पदका अन्य उम्मेदवारहरु भन्दा खेमराज वली निकै लोकप्रिय हुन।

यी हुन तुलसीपुरबाट बलिया स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवारहरु:
यस्तै तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा पनि स्वतन्त्र जनपक्षीय उम्मेदवारहरु चुनाव चिन्ह पुतली सहित निर्वाचनमा होमिएका छन। स्वतन्त्र जनपक्षीय वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवारहरुका कारणले गठबन्धन लगाएत अन्य दललाइ चुनौती थपिएको आम जनसमुदायको बुझाइ रहेको छ।
तुलसीपुर-५ बाट स्वतन्त्र वडा अध्यक्ष पदमा प्रेम बहादुर बाठा मगर निर्वाचनमा होमिएका छन। उनलाइ नेकपाले समर्थन गरेको छ।

यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ मा बालकृष्ण खराल,वडा नं.७ मा भिम बहादुर डागी(किरण),तुलसीपुर-९ बाट इश्वरी प्रसाद पाण्डे,तुलसीपुर-१२ मा कुल बहादुर वली(प्रतिरोध),तुलसीपुर-१५ मा सुन्दर बिक(सुशील) र तुलसीपुर-१९ मा खड्ग बहादुर वली स्वतन्त्र वडा अध्यक्ष पदमा चुनाव लड्दै छन। सबै स्वतन्त्र जनपक्षीय उम्मेदवारलाई नेकपाको समर्थन रहेको छ।

नेकपाले समर्थन गरेका स्वतन्त्र जनपक्षीय उम्मेदवारहरुले निर्वाचन जित्ने आम जनसमुदायले बताउने गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार