दाङ, २६ जेष्ठ । दाङमा गर्मीका कारण विद्यालय बन्द गरिएको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती, शान्तिनगर र गढवा गाउँपालिकामा विद्यालय बन्द गरिएको हो । तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा आजदेखि जेठ ३० गतेसम्म गर्मी बिदा दिइएको छ । गर्मीका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने भएकाले आजदेखि जेठ ३० गतेसम्म विद्यालयहरूमा गर्मी बिदा दिइएको हो ।
घोराही क्षेत्रमा भने घोराही नगर प्याब्सनले आजदेखि जेठ ३१ गतेसम्म संस्थागत विद्यालयमा गर्मी बिदा गरेको छ । घोराही नगर प्याब्सनले एक विज्ञप्ति जारी गरी जेठ ३१ गतेसम्म विद्यालयमा पठनपाठन स्थगित गरेको जानकारी दिएको हो । बंगलाचुली गाउँपालिका पहाडी यरियामा पर्ने हुदा खासै गर्मी महसुस नभएकोले विद्यालय बन्द नगरिएको पालिकाले जनाएको छ । यस्तै अन्य दंगीशरण, बबई लगाएतका पालिकामा भने अझै नदिइएको बताइएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.