हेमन्त प्रकाश वली।
भदौ १८,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङको नवौं जिल्ला सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएको छ।
भाद्र १९ र २० गते घोराहीमा हुन गइरहेको सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको नवौं जिल्ला सम्मेलन आयोजक कमिटीका संयोजक प्रदिप वलीले डेलिन्युजराप्तीलाई जानकारी दिनुभयो।
यस्तै नेकपा दाङले ऐतिहासिक नवौं जिल्ला सम्मेलनको अवसरमा र एकीकृत जनक्रान्तीका सहिद क.महान लगाएतको स्मृतिमा भोलि बिहान ७ बजे घोराहीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
नेकपाले ऐतिहासिक नवौं जिल्ला सम्मेलनको अवसरमा सयौं नेता-कार्यकर्ताहरु उपस्थितिमा रक्तदान गर्ने जनाएको छ ।
दुइदिन सम्म चल्ने सम्मेलनले नया नेतृत्व चयन गर्ने नेकपाले जनाएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.