काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ । सो पार्टीको हालै सम्पन्न नवौँ केन्द्रिय समितिको तेस्रो विशेष बैठकको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको बताइएको छ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा नयाँ कम्युनिष्ट केन्द्र निर्माणका लागि गठित वार्ता टोलीका प्रमुख प्रकाण्ड सीले हालै सम्पन्न नवौँ केन्द्रिय समितिको तेस्रो विशेष बैठकको निर्णय सार्वजनिक गर्न आज दिउँसो १ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा पत्रकार सम्मेलनमा आयोजना गरिएको र उक्त पत्रकार सम्मेलनमा सम्पूर्ण संचार माध्यमलाई निमन्त्रणा गरिएको बताए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.