दाङमा ऋण नतिरेपछी थुनिएका एक परिवारको करिव १० घण्टापछि उद्दार

डेली न्युजराप्ती       २१ चैत्र २०७८ २०:१९ मा प्रकाशित     1832 No Comments


युवा संगठन नेपालको सहकार्य र नेपाल प्रहरीको सक्रियतामा उद्दार
चैत्र २१,तुलसीपुर। दाङमा एक सुनचाँदी व्यापारीले आफ्नै कामदारलाई कोठामा करिव १० घण्टा थुनेका छन।
दाङको तुलसीपुर स्थित राष्ट्रिय बाणिज्य बैंकको तल्लो तलामा संचालित न्यू नेपाल सुनचाँदी पसलका संचालक ललित गुप्ताले आफ्नो सुनचाँदी पसलमा कार्यरत कालीगढ सन्तु सहित उनको २ वर्षको छोरी र श्रीमतीलाई आफ्नै निजि निवासमा थुनेका हुन।
व्यापारी गुप्ताले आफ्नो निजि निवास तुलसीपुर बिएसएस पार्टी प्यालेस नजिकै रहेको घरको अन्डरग्राउन्डमा आफ्ना कामदार सन्तु सहित परिवारलाइ बिहान ८ बजेदेखी साझ ६:३० बजेसम्म थुनेका हुन।

युवा संगठन नेपालको सहकार्य र नेपाल प्रहरीको सक्रियतामा उद्दार:
यस्तै कामदार थुनिएको खबर सुरुमा विप्लव नेतृत्वको नेकपाको सहायक संगठन युवा सगठन नेपाल दाङका सचिव शुदर्शनले प्राप्त गरेका थिए। थुनिएका कामदार सन्तुका साथीले युवा संगठन नेपालका सचिव शुदर्शनलाई फोन मार्फत बिहानदेखि परिवार सहित आफ्नो साथी थुनिएको बताएका थिए। त्यसपछी शुदर्शनले न्यूजराप्तीलाई उद्दार र घटनालाई जस्ताको त्यस्तै जनतामाझ पुर्याउन अपिल गर्नासाथ हाम्रो टिम त्यहा पुगेको थियो। त्यसपछी साझ करिव ६:३० बजेतिर इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको नेपाल प्रहरीको टोलि घटनास्थलमा पुगेको थियो।
नेपाल प्रहरीले थुनिएका सन्तु सहित उनको परिवार २ वर्षकि छोरी र श्रीमती साथै सुनचाँदी पसलका संचालक ललित गुप्तालाइ आवश्यक छानबिनका लागि नियन्त्रणमा लिएको छ।
व्यापारी ललित गुप्ताले आफ्ना कामदारलाई किन थुनामा राखेका हुन भन्ने खुलेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालका अनुसार कामदार सन्तुले सुनचाँदी संचालक ललितलाई ३५०००/- रुपैयाँ ऋण तिर्नुपर्ने रहेको तर नतिरेपछी बिहान ८ बजेदेखी कोठामा थुनेर राखेको अनुसन्धानबाट खुलेको बताए।
डिएसपी अर्यालले थुनिएका सन्तु सहित उनका परिवारलाइ आवश्यक प्रक्रियापछि छोड्ने तयारी भएको समेत न्युजराप्तीलाई बताए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार