लुम्बिनी प्रदेशमा युवा संगठनले समाजवादी युवा मैत्री संगठन सुदृढ एवम विस्तार अभियान सञ्चालन गर्ने

डेली न्युजराप्ती       २८ जेष्ठ २०८१ २३:२४ मा प्रकाशित     113 No Comments

जेठ २८ , तुलसीपुर ।
विप्लव सी नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल लुम्बिनी प्रदेशले प्रदेशभरी संगठन सुदृढ एवम विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
सोमबार तुलसीपुरमा बसेको संगठनको प्रथम पुर्ण बैठकले प्रदेश अन्तर्गतका सबै जिल्लामा समाजवादी युवा मैत्री संगठन सुदृढ एवम विस्तार अभियान-२०८१ सञ्चालन गर्ने निर्णय गरेको हो ।

संगठनको बैठकले गरेको निर्णय अनुसार आजै संगठनले तुलसीपुरमा अभियान उद्घाटन समेत गरेको छ ।

नेकपाका स्थायी कमिटीका सदस्य विषम सीले पार्टी र संगठनको झण्डा संगठनका नेताहरुलाई हस्तान्तरण गर्दै अभियानको उद्घाटन गरेका हुन् ।

युवा संगठन नेपाल लुम्बिनी प्रदेशको प्रथम पुर्ण बैठक संगठनका प्रदेश इन्चार्जको अध्यक्षतामा पार्टी स्थायी समिती सदस्य तथा पार्टी प्रदेश इन्चार्ज विषम सीको प्रमुख आतिथ्यता , पार्टी केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सबिन सी,पार्टी केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश जबस फ्याक्सन इन्चार्ज सम्झना सी,पार्टी केन्द्रिय सदस्य पाटन सी,पार्टी केन्द्रिय सदस्य बिक्रम सी,संगठन केन्द्रिय सचिब अनिल सी,संगठन केन्द्रिय कोषाध्यक्ष जिवनी सी,संगठनका गण्डकी प्रदेश इन्चार्ज बिबेक सीको आतिथ्यतामा महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार