शोभराज बराल
काठमाडौं: जनपत्रकार सङ्गठन नेपालका संस्थापक अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी प्रचार तथा प्रकाशन विभागका सदस्य प्रकाश डुम्रेका बुवा टेकलाल डुम्रेको निधन भएको छ । सोमबार बिहान २ बजे लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उनको निधन भएको हो ।
२००५ साल साउन ७ गते स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १२ मा जन्मिएका डुम्रेको ७५ वर्षको उमेरमा निमोनियाँका कारण निधन भएको हो । उनको आजै विहान स्याङ्जामा अन्तिष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।
उनको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीले दुःख व्यक्त गरेको छ । सोमबार नेकपाका स्थायी समिति सदस्य तथा प्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले शोक वक्तव्य जारी गर्दै टेकलाल डुम्रेको निधनले पार्टी दुःखित भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । वक्तव्यमार्फत शोकाकूल परिवारजनप्रति सहानुभूति प्रकटसमेत गरेका छन् ।
डुम्रेका ५ छोरी र ३ छोरा रहेका छन् प्रकाश डुम्रे कान्छो छोरा हुन् । उनले लामो समय भारतमा बसेर समाजसेवा गरेका थिए । नेपाल फर्किएपछि पनि उनी निरन्तर समाजसेवामा क्रियाशिल थिए । उनी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, विभिन्न उपभोक्ता समितिमा रहेर समाज सुधारका थुप्रै काम गरेका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.