दाङ। नेपाली काँग्रेस तुलसीपुरले चारलेन सडक निर्माणको काम छिटो सक्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ।
नेपाली काँग्रेस तुलसीपुर उपमहानगर समितिले सोमबार विज्ञप्ति जारी गरि चारलेनको काममा ढिलासुस्ती हुँदा जनताले दुःख, सास्ती र दुर्घटनाको जोखिम बढेको भन्दै सडक निर्माणको कामलाई तिब्रता दिन माग गरेको हो ।
नगर सभापति शुरेस हमाल,सचिब विमल पौडेल र सुशिल वली तथा प्रबक्ता पूर्ण विक्रम डाँगीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोरोनाको खोपलाई पनि सहज बनाउन अनुरोध गरिएको छ । त्यस्तै बसपार्क जाने पिपलबोट नजिकको बाटो समयमै निर्माण गर्न समेत कांग्रेसले अनुरोध गरेको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.