नेकपाका पार्टी सदस्य बल बहादुर सीको स्मृतिमा शोक कार्यक्रम सम्पन्न, मृत्यु संस्कारबारे विमर्श

डेली न्युजराप्ती       १४ माघ २०८१ ०७:१७ मा प्रकाशित     212 No Comments

माघ १३,दाङ ।
हेमन्तप्रकाश वली ।
नेपाल कम्युनिस्ट पार्टीका पार्टी सदस्य बल बहादुर सीको स्मृतिमा शोक कार्यक्रम सम्पन्न गरिएको छ ।
आइतबार शान्तिनगर-३ भलानेटीमा नेकपा दाङको आयोजनामा शोक कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा शोक मन्तव्य व्यक्त गर्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले मृतक बल बहादुर सीको परिवारले मृत्यु संस्कारलाईक्ब प्रगतिशील बनाएको जिकिर गरेका थिए ।
उनले भने– ‘ मृत्यु संस्कारलाई धार्मिक अन्धविश्वासका अधारमा अवैज्ञानिक , अप्ठ्यारो बनाउने रुढीबादबाट मुक्त भएर यो परिवारले प्रगतिशील बाटो अपनाएको छ । यो सराहनीय र अनुकरणीय कुरा हो । मान्छेको सेवा बाँच्दासम्म गर्ने हो , मरेपछि गरिने कर्मकाण्डको कुनै तुक छैन् ।’

नेता सविनले पुरानो हिन्दु धर्म संस्कार रुढीबादी भएको र त्यसका मुल्य मान्यतालाई खारेज गर्दै पार्टीले अघि सारेको सी संस्कृतिको मृत्यु संस्कार अवलम्बन गरेकाले अब यो नयाँ प्रयोगमा गइसकेको बताउनुभयो ।

सी संस्कृति अनुसार मृत्यु संस्कारलाई ५ दिनसम्म मनाउने नेकपाको निति रहेको छ । जसमा पहिलो दिन पार्थिव शरीरको अन्त्येष्टि गर्ने , दोस्रो दिन मृतकको स्मृतीमा त्रीरोपण (फल,फुल र जडिबुटी) रोपण गर्ने , तेस्रो दिन मृतकको स्मृतिमा गरिब , असहाय , अशक्त , बेसहारालाई लत्ताकपडा , राहत वितरण गर्ने , चौथो दिन मृतकको स्मृतिमा अक्षयकोष स्थापना गर्ने र पाँचौ दिन अथवा अन्तिम दिन मृतकको स्मृतिमा श्रद्धाञ्जली एवम शोक सभाको आयोजना गर्ने नीति रहेको छ ।

यस्तै कार्यक्रम प्रतिरोधका संयोजक प्रमोद धितालले स्वर्ग र नर्कको कपोकल्पित कथा बनाएर बाँच्दासम्म मान्छेलाई आतंकित बनाउने गरुड पुरानलाई खारेज गर्नुपर्ने बताए ।
उनले नेता जनक परिवारले अवलम्बन गरेको नयाँ प्रगतिशील संस्कृतिको खुलेर प्रशंसा गरेका हुन् ।

कार्यक्रममा नेपाल प्रहरीका पुर्व प्रहरी अधिकृत राम बहादुर जिसीले मान्छेलाई बाँच्दासम्म कुनै वास्ता नगर्ने मरेपछी तेह्र दिनसम्म कात्रो भिरेर बस्ने ढोङ्गी , पाखण्डी , रुढीग्रस्त , अवैज्ञानिक संस्कारको विकल्पमा सरल , सहज र वैज्ञानिक संस्कार अपनाउनुपर्ने बताएका थिए ।

शोक कार्यक्रममा मृतक बल बहादुर सीका माइला छोरा एवम नेकपा केन्द्रीय प्रतिनिधि सदस्य जनक सीले बुवाको जिवनी सुनाएका थिए ।

oppo_2

साथै सोही कार्यक्रममा मृतक बल बहादुर सीको स्मृतिमा परिवारले श्री जनता अधारभुत बिधालय भलानेटी शान्तिनगर-३ दाङमा ७७ हजार ७ सय ७७ रुपैयाँको अक्षयकोष घोषणा गरिएको हो ।

शोक कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता स्टार , नेपाली काँग्रेसका स्थानीय नेता , विभिन्न बिधालयका प्रअहरु , समाजसेवी , स्थानीय वुद्धिजिवी , पत्रकारहरु नेकपाका केन्द्रीय सल्लाहकार सुन्दर सी , नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु , केन्द्रीय समितीका सदस्यहरु , पार्टीका जिल्ला तहका नेताकार्यकर्ताको आतिथ्यता रहेको थियो ।

नेकपा दाङका सेक्रेटरी तिलक सीको अध्यक्षतामा भएको शोक कार्यक्रमको सहजीकरण पार्टीका शान्तिनगर गाउँकमिटीका इन्चार्ज निर्मल सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार