सत्ता हस्तान्तरण अघि अमेरिकी राष्ट्रपति बाइडेन द्वारा २ हजार ५ सय जनालाई क्षमादान

डेली न्युजराप्ती       ५ माघ २०८१ ०८:२५ मा प्रकाशित     32 No Comments

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले २ हजार ५ सय जनालाई क्षमादान गरेका छन् । अहिंसात्मक लागूऔषध सम्बन्धी अपराधमा दोषी ठहरिएका २ हजार ५ सय व्यक्तिको सजाय घटाएको ह्वाइट हाउसले शुक्रबार जनाएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपति बाइडेनले सोमबार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नु अघि थप कम्युटेसन वा क्षमादान जारी गर्न सक्ने पनि बताएका छन् । 

कानूनमा कम्युटेसन भनेको अपराधको लागि दोषी ठहरिएपछि दिइने कम दण्डको प्रतिस्थापन हो । उनले यस कदमलाई ‘ऐतिहासिक गल्तीहरू सच्याउन, सजायमा हुने असमानता सच्याउन र योग्य व्यक्तिहरूलाई उनीहरूको परिवारमा फर्कने अवसर प्रदान गर्ने दिशामा एक महत्वपूर्ण कदम भएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।  

राष्ट्रपति बाइडेनले गत महिना करिब १ हजार ५ सय व्यक्तिको सजाय घटाउने र अन्य ३९ जनालाई माफी दिने निर्णयमा हस्ताक्षर गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार