विप्लवको खुलेर प्रशंसा गरेका एमाले नेता थापा पुगे विप्लव भेट्न कपिलवस्तु

डेली न्युजराप्ती       ६ पुष २०८१ ०७:४४ मा प्रकाशित     403 No Comments

कपिलवस्तु/ नेकपा (एमाले) का पाेलिटब्युरो सदस्य तथा प्युठानका सांसद सुर्य थापा नेकपाकाे केन्द्रीय कार्यालय शिवगढीमा पुगेका छन् । बिहीबार अपरान्ह थापालाई केन्द्रीय कार्यालयमा नेकपाका स्थायी समिति सदस्य तथा प्रचार विभागका इन्चार्ज अनिल सीले स्वागत गरेका हुन्।

एमाले पार्टीका प्रकाशन तथा प्रचार विभागको नेतृत्वसमेत गरेका थापा, नेकपा महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य उमा सी, सन्ताेष सी, भरत सीलगायत नेताहरूबीच दुई पार्टीबिच समसामयिक राजनीतिकाे विषयमा छलफल भएको बताइएको छ ।

नेताहरूबीच आपसी समझदारी बढाउनेबारे सहमति भएको नेकपा कार्यालय स्राेतले बताएको छ ।

केहिदिन अघि मात्रै एमाले नेता थापाले नेकपाको उत्पादन नितिको खुलेर प्रशंसा गरेका थिए । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै वास्तविक कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी भएको समेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार